Loading... आजः बुधबार, कार्तिक ५, २०७७

बाम गठबन्धनका उम्मेदवार गाउँ-गाउँमा, जनता उत्साहित

जाजरकोट, १५ कात्तिक । जाजरकोटमा चुनावी प्रचारप्रसारले तिब्रता पाएकाे छ । चुनाव नजिकिए सगै दलहरू अाफ्नाे प्रचारप्रसारलाई तिब्रता दिएका हुन् ।

बाम गठबन्धनका दुई दल एमाले र माअाेवादि केन्द्रले पनि संयुक्त रूपमा चुनावी प्रचारप्रसारमा लागेेका छन् । एमालेले माअाेवादीका उम्मेदवार र माअाेवादीले एमालेका उम्मेदवारलाई भाेट माग्दै प्रचारप्रसारकाे अभियानमा लागेका छन् ।

प्रचारप्रसारकाे क्रममा दल्लिमा भएकाे सयुक्त जनसभालाई सम्वाेधन गर्दैै नेेताहरूलेे बाम गठबन्धनका साझा उम्मेदवार लाई जिताउन जनतालाइ अपिल गरे । माओवादीका नेता तथा पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले एमाले र माओवादी नभनी भोलिको एउटै पार्टी सम्झेर गठबन्धन लाई भोट गरि जिताउन आग्रह गरे ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका बस्नेत ले भने “यो पार्टी त्यो पार्टी भन्ने समय होइन भोलि एउटै पार्टी हुन्छ तपाईंहरु देश बनाउने जिम्मेवारी बोकेको सयुक्त बाम गठबन्धनका उम्मेदवार लाई जिताउन लाग्नुहोस ।” उनले सरकार वनाउनका लागि मात्र एकता भयाे भनी केही दलले लगाउने गरेकाे अाराेपकाेे खन्डन समेेत गरे ।

नेकपा एमालेका पुर्व सांसद रिता रावलले पनि समृद्दिको लागि गठबन्धनका उम्मेदवार लाई जिताउनुको बिकल्प नभएको बताइन ।

दुवै दलका नेताले यसरी भोट हाल्न आग्रह गरिरहदा स्थानीयवासीहरु खुसीले गद गद भएका थिए । नेताहरु मञ्चमा वाम एकताको भाषण दिदै गर्दा स्थानीयहरु भने स्थायी सरकार हुँने भयो भनेर खुसी साट्दै गरेको देखिन्थ्यो ।

हिजोका दिन सम्म गाली गरेर कहिले नथाक्ने नेताहरु एकाएक वखान सुनेपछि स्थानीयहरु खुसी नहुँने कुरै थिएन । एउटै मञ्च वाट यसरी खुसी हुँदै गरिएको आग्रह कुनै बनावटी थिएन , साचिक्कै गम्भिर र भावुक पनि थियो । नेताहरु भाषन गरेर हाम्रो भोट दोव्बर भएकाले जीत निश्चित भएको भन्दै समर्थक जनतालाई विश्वस्त पादै थिए । यो महोल देख्दा साचिकै नयाँ आशाको किरण देखिएको थियो ।


ताजा समाचार