Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

निर्वाचन परिचालनको लागि नगर स्तरीय सचिवालय गठन

जाजरकोट । बाम गठबन्धनले एमालेका पार्टी सचिब सि.पि घर्तिको संयोजकत्वमा निर्वाचन परिचालनको लागि नगर स्तरीय सचिवालय गठन गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई बिजयी गराउन गठबन्धनले घर्तिको संयोजकत्वमा २१ सदस्यीय सचिवालय गठन गरेको हो ।

भेरी नगरपालिकाका सबै वडामा प्रचार – प्रशार र जनताको घरदैलोमा प्रभाबकारी रुपमा भेटघाट कार्यक्रम गर्न सचिवालय गठन गरिएलो संयोजक घर्तिले जानकारी दिनु भयो ।
दुबै दल सम्मीलित सचिवालयले यहि १८ गते देखि प्रचार – प्रशार तथा घरदैलो कार्यक्रम गर्ने जनाएको छ । एमाले र माओवादी केन्द्रबाट पार्टीका नगर भित्रका जिम्मेवार पदाधिकारी तथा सदस्यहरु सचिवालयमा रहनु भएको छ ।
बुधबार गठित सचिवालयका सदस्यहरुमा गोपाल बटाला, मुकुन्द शर्मा, अमर सिंह राठौर, पुर्णदेव शर्मा, कमान खड्का, गणेश आचार्य, भवानी प्रशाद शर्मा, लालित घर्ती रहनु भएको छ ।
त्यस्तै चन्द्र बहादुर शाही, नगेन्द्र शाह, गौरी कार्की, धुर्ब प्रशाद शर्मा, हरि घर्ती, मित्रगणेश श्रेष्ठ, रण बहादुर कार्की लगाएत सदस्य रहनु भएको छ ।


ताजा समाचार