Loading... आजः बुधबार, कार्तिक ५, २०७७

छ नम्बर प्रदेशका लागि एमालेले उम्मेदवारकाे टुंगो लगायो

काठमाडौं, कार्तिक १५ । प्रदेश नंं ६ अन्तरगत दोस्रो चरणमा चुनाव हुने सबै जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेवारहरुको टुंगो नेकपा एमालेले लगाएको छ । उपाध्यक्ष बामदेव गौतम निवास भैैंसेपाटीमा आज बसेको एमाले स्थायी कमिटी बैठकले उम्मेदवार तय गरेको हो ।

एमालेका पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला र यमलाल कडेल दुवैजना प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले नेता ज्वाला सल्यान प्रदेश ख बाट उम्मेदवार बन्नुभएको छ भने सल्यानको प्रदेश क बाट केन्द्रीय सदस्य गुलाबजंग शाह प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।

यस्तै अर्का नेता यमलाल कडेल पनि सुर्खेत २ को क बाट प्रदेशसभा उम्मेदवार बन्नुभएको छ भने प्रदेशसभा तर्प नै सुर्खेत १ को ख बाट खड्ग खत्रीको नाम सर्वसम्वत भएके छ ।

यसैगरी एमालेले दैलेख १ को ख बाट अमरवहादुर थापा, दैलेख २ को क बाट सुशील कुमार थापा , दैलेख २ कै ख बाट राजवहादुर शाहीलाई प्रदेशसभातर्फ उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभा तर्फ सुर्खेत १ मा ध्रुव शाही , २ मा नवराज रावत उम्मेदवार बन्नुभएको छ भने दैलेख १ बाट रविन्द्रराज शर्मा तथा दैलेख २ बाट राजवहादुर बुढालाई एमालेले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ ।

६ नम्बर प्रदेशमा एमालेले र माओवादीले प्रतिनिधिसभामा बराबरी सिट बाँडेका छन् । एमालेले सुर्खेत र दैलेखमा चार सिट सहित मुगु र डोल्पा गरि ६ सिट पाएको छ ।

माओवादीले सल्यान, कालिकोट, जुम्ला, जाजरकोट, हुम्ला र रुकुममा गरि ६ सिट पाएको छ ।

त्यस्तै प्रदेशसभामा एमालेले १४ र माओवादीले १० सिट पाएका छन् ।


ताजा समाचार