Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

कोहलपुर मेडिकल कलेजमा बिरामीलाई सास्ती प्रशासनलाई मस्ती

रबिन्द्र सिँह ठकुरी
कात्तिक १५, नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज कोहलपुर पश्चिम नेपालकै उत्कृष्ट मेडिकलका रुपमा चिरपरिचित रहेको छ । यहाँ प्रायजसो मध्य तथा सुदुर पश्चिमका सबै जिल्लाका बिरामीहरु आउने गरेका छन । तर पछिल्लो समयमा कोहलपुर मेडिकल कलेज आन्तरिक कर्मचारी तथा ब्यबस्थापकहरुको दादागिरीले बाहीरी जिल्लाहरुबाट आउने बिरामीहरु मर्कामा पर्ने गरेका छन ।

बाहिरी वा स्थानीय बिरामीहरुको नजरमा कोहलपुर मेडिकल कलेज पहिला जुन स्थान र सेवा सुबिधाहरुले परिचित थियो त्यो सबै स्थान बिस्तारै गुमाउदै गैरहेको छ । पश्चिम नेपालको केन्द्र बिन्दु कोहलपुरमा अबस्थित कोहलपुर मेडिकल कलेज दश बिगाहा क्षेत्रमा फैलिएर रहेको ठुलो संरचना हो । यहाँ बिद्यार्थीहरु अध्ययन र बिद्धान चिकित्सकहरु शिक्षकका रुपमा कार्यरत रहेका छन । अहिले यो मेडिकल कलेज बाहिरी रुपमा यसको संरचना र यहाका कर्मचारी जति राम्रो देखियता पनि त्यो बिरामी र तिनका कुरुवाहरुले राम्रो महशुस गर्न नसकिरहेको अबस्था भने पक्कै छ । यहाँ सुदुर तथा मध्य पश्चिमका केहि जिल्लाहरुबाट बिरामीहरु रिफर भएर यस मेडिकल कजेजमा राम्रो उपचार र स्वास्थ्य सेवा लिनका लागी जुन आशालिएर आएका हुन्छन त्यो सेवा सुबिधा नेपालगन्जमा रहेका अन्य स्वास्थ्या संस्थाले त्यो भन्दा राम्रो सेवा सुबिधा उपलब्ध गराउने गरेका छन ।

कोहलपुर मेडिकल कलेजमा कालिकोट जिल्लाबाट रिफर भएर आएक लोकेश देउबाले आफ्नो श्रीमती बिरामी भएर यहा भर्ना गरेको थिए । तर तिन दिन देखि भिडियो एक्सरेको बिल काटे पनि आफ्नो पालाे अझै आएको छैन भन्दै गुनासो गरे । किन तपाईको पालो नअाएको भन्ने प्रश्नमा उनले हामी बाहीरी जिल्लाबाट आएको हुँदा यँहा कसैलाई पनि चिनिएको छैन, सबै बिरानो लाग्छ कस्लाइ आफ्नो गुनासो सुनाउनु भन्दै हामी त बिल काटेर लाईन मा लाग्छौ तर यहाका कर्मचारी र हस्पिटल भित्र रहेको बिचौलियाले आफ्ना मान्छेलाई भित्र लैजान्छन बोल्यो भने डाक्टर साबले बोलाउनु भएको छ भन्दै हप्काउने गरेको बताए ।

यस्तै महेन्द्रनगरबाट आएका शेर बहादुर ओलीले बर्षले अहिले ७४ का छन । आफु भिडियो एक्सरे गर्नको लागी दुई दिन देखि यहा धाई रहेको छु पालो नआएकोमा गुनासो गरे । उनले पनि सबै चिनेजानेकाहरु भित्र गएर आफ्नो काम गर्दछन भन्ने आरोप लगाए । उनले भने यहा त डाक्टर र बाहिरी मेडिकलका बिचौलियाले पनि आफुहरु मर्काका परेको गुनासो गरे ।

यति मात्र होईन कोहलपुर मेडिकल कलेजबाट उपलब्ध गराईने ओ.पि.डी सेवामा पनि त्यस्तै चरम लापरबाही गर्दै आई रहेको । बिहान १० बजे भनेर बिरामीहरुलाई समय दिईएता पनि चिकित्सकहरु भने ११ बजे भन्दा पहिला आफ्नो क्याबिनमा भेट्न पाईदैन । बिरामीहरुले किन चिकीत्सकहरु ढिला आउनु भयो भनेर समस्या सुनाउन जान्छन प्रशासनमा अनि प्रशासानको जबाफ हुन्छ डाक्टरहरु राउन्डीङ्गमा हुनुन्छ । यसरी बिरामीहरुलाई एक दुई घण्टासम्म कुराएर चिकित्सक र प्रशासन मौन कसरी बस्न सकेको । अहिले त कोहलपुर मेडिकल कलेज बिरामीलाई सेवा भन्दा पनि कसरी बिरामीलाई सास्ती दिने भन्ने कुरामा अगाडी देखिएको छ ।


ताजा समाचार