Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

बामपन्थी नेता कार्यकर्ताको भेला सम्पन्न


काेहलपुुर, १५ कार्तिक । संघ र प्रदेशको निर्वाचनमा बामपन्थि गठवन्धनले अगाडि सारेका उम्मेदवारहरुलाई बिजय गराउन बुधबार कोहलपुरमा क्षेत्र नम्बर १ को सयुक्त बाम गठबन्धन  भेला सम्पन्न भएको छ ।

एमालेका बाँके क्षेत्रीय कमिटी संयोजक सुर्य ढकालले नयाँ इतिहास रच्न यस ऐतिहासिक जिम्मेवारीलाई प्रभावकारि रुपमा पुरा गर्न,  निष्ठा र सक्रियताका साथ सबै बामपन्थी नेता कार्यकर्ताहरु एकजुट भएर लाग्नुपर्ने बताए ।

उक्त भेलाले क्षेत्र नं १ का सबै वडाहरुमा सयुक्त बैठक बस्ने, १६ गते उम्मेदवारी दर्ता गर्दा प्यापक रुपमा जनताको सहभागिता गराउने र १८ गते पत्रकार, साहित्यकार र बुद्धिजिवीहरुको सयुक्त भेला बैठक को अायोजना गर्ने जस्ता निर्णय गरेकाे भेलामा सहभागीले बताए ।


ताजा समाचार