Loading... आजः मङ्लबार, असार ८, २०७८

बेसबल तथा सफ्टबल तालिम काेहलपुरमा शुरू

काेहलपुर, १४ कात्तिक । नेपाल बेसबल तथा सफ्टबल एसाेसियसनका केन्द्रीय अध्यक्ष असित जङ्ग बहादुर राणाकाे उपस्थितिमा काेहलपुरमा बेसबल तथा सफ्टबल तालिम शुरू भएकाे छ ।

काेहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नगरपालिकाका मेयर लुट बहादुर रावतकाे विशेष र अन्य ब्यक्तिहरूकाे उपस्थितिमा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सहभागी गराइ उक्त तालिम शुरू भएकाे हाे ।

काठमाडौ र पाेखराका केही भागमा मात्रै सिमित याे खेललाई देशब्यापी बनाउने उद्धेश्यले बाँकेकाे काेहलपुरमा पनि शुरू गरिएको केन्द्रीय अध्यक्ष राणाले बताए ।

सात दिन सम्म चल्ने उक्त तालिमकाे अन्त्यमा अमेरिकाबाट विदेशी खेलाडी अाएर विद्यार्थीहरूलाई प्रशिक्षण दिने र खेल सामाग्री प्रदान गर्ने कार्यक्रम रहेकाे नेपाल बेस बल तथा सफ्टबल एसाेसियसनले जनाएको छ ।


ताजा समाचार