Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

फोहोर ब्यवस्थापनलाई तिब्रता दिदै भेरी नगर

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले फोहोर ब्यवस्थापनको काम सुरु गरेको छ । चन्द्र प्रकाश घर्ती (सि.पि) नगर प्रमुखमा निर्वाचित भइसके पछि फोहोर ब्यस्थापन कार्यलाई तिब्रता दिइरहेको छ ।
भेरी नगरपालिकालाई स्वच्छ र सफा बनाउन फोहोरको ब्यबस्थापन कार्यलाई तिब्र पारिएको नगर प्रमुख घर्तिको भनाई छ ।


जनप्रतिनिधि बिहिन रहदा बिगत लामो समय सदरमुकाम समेत रहेको खलंगा बजार लगायत विभिन्न गाउँहरुमा फोहोरको ब्यबस्थापन हुन सकेको थियन ।
विभिन्न सरोकारवाला निकायले सरसफाइको नाममा लाखौ बजेट खर्च गरेता पनि यहाँको फोहोर ब्यबस्थापनमा राम्रो संदेश जान सकेको थियन ।

त्यसपछि हाल भेरी नगरपालिकाले बजेट बिनियोजन गरि फोहोर ब्यबस्थापनका लागि डस्विन (प्लास्टिकका डस्बिन) खरिद गरिएको नगर प्रमुख घर्ती (सि.पि) जानकारी दिनु भयो ।

खलंगामा यहि कार्तिक ९ गते वडा नं ४ का अध्यक्ष खम्ब जंग शाह र वडा नं ३ का अध्यक्ष लिला बहादुर शाहको अध्यक्षतामा बजार भित्रका दुई वडामा ६० वटा र सरकारी कार्यालयमा १२ वटा फोहोर भण्डारण गर्ने डस्बिन राखिएको छ ।
त्यस्तै बजारका अन्य ठाउँमा पनि डस्बिन राखिएको वडा नं ३ का अध्यक्ष लिला बहादुर शाहले जानकारी दिनु भयो । आइतबार फोहोर ब्यबस्थापन, निकासीको लागि स्थलगत अनुगमन गरि स्थान समेत तोकिएको छ ।
बजार क्षेत्र भन्दा टाढा रहेको वडा नं ३ को टाट्केमा फोहोर ब्यबस्थापन केन्द्र बनाइएको छ ।
बनजंगलको बिनास पनि नहुने र बस्ती सम्म दुर्गन्ध नफैलने भएकोले त्यहां ब्यबस्थापन केन्द्र तोजिएको नगरपालिकाले जनाएको छ ।
डस्बिनमा संकलन भयको फोहोरलाई नगरपालिका आफैले ट्याक्टरमा लागेर फोहोर ब्यबस्थापन गरि रहेको छ ।


प्रमुख घर्तिले भन्नू भयो नगर क्षेत्रलाई स्वच्छ, सफा र हरियाली बनाई समृद्ध नगरपालिका बनाउने लक्ष्यमा अगाडि बढेको छु, यस्मा सबै नगरबासिको सहयोगको आवश्यकता छ ।
आफ्नो घर आंगन र वरपर सरसफाई गरि सफा बनाउन आग्रह गर्दै जथाभावी फोहोर गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिनु भयो ।


ताजा समाचार