Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

बाम गठबन्धनकाे संयुक्त चुनावी प्रशिक्षण खलंगामा सम्पन्न

जाजरकोट, १४ कात्तिक । एक्काशाै शताव्दीको आवश्यकता लाई पुरा गर्नका लागि प्रतिफल सहितको विकास चाहिएको नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले बताएका छन् ।

जाजरकोट सदरमुकाममा भएको चुनानी प्रशिक्षणलाई सम्वोधन गदैँ पुर्ब गृहमन्त्री समेत रहेका बस्नेतले यस्तो बताएका हुन् । स्रोत र साधनको न्यायोचित वितरण भएमा मात्र साँचिकै विकास र सम्वृद्धी ल्याउन सकिने उनको दावी छ ।

समयमको माग र आवश्यकताले गर्दा सवै खालका कम्युनिस्ट एक हुनुपरेको बस्नेतको जिकिर छ । गठबन्धनले अघि सारेका एजेण्डाहरुले मात्र समाजवादको लक्ष्यमा पुग्न सकिने भएकोले गठबन्धनले दुई तिहाई जित्ने दाबी गर्नु बस्नेतले दाबि गरे ।

दुवै दलका नेताहरुले परिस्थीतको माग ,अवस्था बुझेर गठबन्धन गरेको उनको भनाई छ । निकट भविश्यमा बन्दै गरेको वामपन्थी सरकारलाई सबैका ईच्छा पुरा गर्ने भएकाले सवै नेता तथा कार्यक्रतालाई उत्साहित भई बलियो दल निर्माण गर्ने अभियानमा जुट्न प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका बस्नेतले आग्रह गरेे ।

त्यस्तै एमालेका केन्द्रिय सदस्य भैरव सुन्दर श्रेष्ठले आर्थिक बिकास र समृद्धिको लागि बाम गठबन्धनका साझा उम्मेदवार लाई निर्धक्क भोट हाल्न जिल्ला बासिलाई आग्रह गरे । गठबन्धन लाई कसैले हराउन नसक्ने दाबी गर्दै केन्द्रिय सदस्य श्रेष्ठले काङ्ग्रेसहरु अत्ताल्लिएको बताए ।

एमाले नगर सह-इन्चार्ज देबेन्द्र शर्माकाे अध्यक्षतामा सम्पन्न उक्त चुनावी प्रशिक्षणमा एमालेबाट  निरज अाचार्य, कृष्ण विसि, रिता रावल, करविर शाही, गाेविन्द विक्रम शाह र माअावादि केन्द्रबाट काली बहादुर मल्ल, माया प्रसाद शर्मा, पुर्ण देव शर्मा, रामदिप अाचार्य लगाएत नेताहरूले शम्बाेधन गरेका थिए ।


ताजा समाचार