Loading... आजः मङ्लबार, असार ८, २०७८

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ, आजै जिल्ला अदालत लिइने

                                                                     बालकृष्ण ढुंगेल

काठमाडौं । हत्यामा दोषी ठहर भई आज बिहान पक्राउ परेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई जिल्ला अदालत काठमाडौं लगिने भएको छ । बिहान ११ बजे ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लैजान लागिएको प्रहरीले जनाएको छ ।

हत्या अभियोगमा फरार भएका ढुंगेललाई जिल्ला अदालत ओखलढुंगाले दोषी ठहर गरेको थियो । २०६६ पुस १९ गते जिल्ला अदालत ओखलढुंगाको फैसलालाई सवोच्चले सदर गरेको थियो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो । उन्कै हत्याको अभियोगमा ढुंगेललाई प्रहरीले लामो समय सम्म खोजि गरिरहेको थियो ।

एक हप्ताभित्र पक्राउ गर्न आदेश गरे पनि नपक्रिएको भन्दै आइजिपीमाथि अदालतको अवहेलन मुद्दा कात्तिक ८ गते अधिवक्ता दिनेश त्रिपाठीले दायर गर्नुभएको थियो । त्यसको एक साता नवित्दै ढुंगेल पक्राउ परेका हुन् । पक्राउ परेका ढुंगेल माओवादी केन्द्रका पूर्व सभासद समेत हुन् ।

 


ताजा समाचार