Loading... आजः बुधबार, कार्तिक ५, २०७७

जाजरकोटका वाग्लेको कांग्रेस (बीपी) करुवा चिन्हमा चुनाव लड्दै , प्रभावसालि नेता विरुद्ध उम्मेदवारी दिने


कात्तिक १३, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्रीहरुले पार्टीबाट अलग भई खोलेको नेपाली कांग्रेस (बीपी) प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा करुवा चुनाव चिन्ह लिएर सहभागि हुने भएको छ । जाजरकोटका पुर्ब संसद तथा सहायक मन्त्री झलकनाथ वाग्ले लागायतका काङ्ग्रेसका पुराना नेताहरुले काङ्ग्रेस बाट बिद्रोह गरि खोलेको काङ्ग्रेस (बिपि) ले करुवा चुनाव चिन्ह लिएर लाड्ने भएको हो ।

राजधानी र देशका मुख्य शहरमा उम्मेदवारी दिने तयारीमा रहेको नेपाली कांग्रेस (बीपी)ले पार्टीका पूर्व महामन्त्री गोविन्दराज जोशीलाई तनहुँ १ बाट करुवा चिन्हमै चुनावमा उठाउने भएको हो । चक्रपथ अनलाइनले लेखेको छ ।

केही समयअघि कांग्रेसका प्रभावशाली नेताहरु तथा पूर्वमन्त्री हरिबोल भट्टराई, दीनबन्धु अर्याल, झलकनाथ वाग्ले, पुष्प पराजुली, ब्रम्हनारायण चौधरी लगायतले नेपाली कांग्रेस (बीपी) भन्दै छुट्टै दल दर्ता गराउनु भएको थियो । यसअघि कांग्रेसबाट सांसद र मन्त्री भइसकेका दुई दर्जन नेताहरुले उक्त पार्टीको नेतृत्व गर्नुभएको छ । सो दलले आगामी निर्वाचनमा करुवा चिन्ह लिएर देशभर चुनावमा जाने निर्णय गरेको पूर्वमन्त्री दीनबन्धु अर्यालले वताउनुभयो ।

तनहुँ १ मा नेपाली कांग्रेसले जोशीलाई हटाई वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रत्यक्षतर्फको टिकट दिएपछि असन्तुष्ट रहनु भएका जोशीले सोही क्षेत्रबाट अर्कै चुनाव चिन्ह लिएर उठ्ने चेतावनी दिनु भएको थियो । जोशीका विरुद्ध कांग्रेस तनहुँका नेताहरुले खेद ब्यक्त गर्दै वक्तब्य निकालेपछि जोशीले तनहुँबाट गत स्थानीय निर्वाचनमा कांग्रेसको टिकट पाई विजयी भएका नगर र गाउँपालिकाका मेयर तथा अध्यक्षहरुलाई आफ्नो पक्षमा वक्तब्य दिन लगाउनु भएको छ ।

तनहुँको भानु नगरपालिकामा गत स्थानीय निर्वाचनमा निर्वाचित मेयर उदय गौली, आबु खैरेनी नगरपालिकाका मेयर पुष्प श्रेष्ठ लगायतका जनप्रतिनिधिहरुले जोशीको उम्मेदवारीलाई समर्थन जनाउनु भएको छ । गौली तनहुँ क्षेत्र नं १ कांग्रेस क्षेत्रीय सभापति पनि हुनुहुन्छ ।

यस्तै नेपाली कांग्रेस (बीपी)ले काठमाडौं १ मा अध्यक्ष हरिबोल भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ । भट्टराईको उम्मेदवारीले काठमाडौं १ मा पूर्व महामन्त्री प्रकाशमान सिंहलाई क्षति पुग्ने वताइन्छ ।

भट्टराई ०५४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार भई केशव स्थापितसँग पराजित हुनु भएको थियो । यस्तै नेपाली कांग्रेस (बीपी)ले काठमाडौं ६ मा महेशमान सिंह, दाङ १ मा अशोक खड्का, पाल्पा १ मा महेश ज्ञवाली, तनहुँ १ मा गोविन्दराज जोशी, तनहुँ २ मा महामन्त्री पुष्प पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


ताजा समाचार