Loading... आजः बुधबार, कार्तिक ५, २०७७

तिन दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न 

कात्तिक १२, जाजरकोट । दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको लागि सञ्चालन गरिएको तीन दिने तालिम आइतवार सम्पन्न भएको छ । गत शुक्रबार देखि सदरमुकाम खलंगामा सञ्चालन गरिएको पत्रकारहरुको क्षमता अभिबृद्दि तालिम सम्पन्न भएको हो ।

सुचना विभागको आयोजना तथा पत्रकार महासंघ जाजरकोट शाखाको संयोजनमा भएको तालिममा जिल्लाका ३० जना पत्रकारहरुको सहभागीता रहेको थियो । तालिममा बरिस्ठ पत्रकार तथा महासंघका पुर्ब केन्द्रिय अध्यक्ष डा.सुरेस आचार्य र भाषा विज्ञ शरच्चन्द्र वस्तीले पत्रकारहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

यसैबिच यहि कार्तिक १३ र १४ गते जाजरकोटमै प्रेस पास तथा रातो कार्ड बितरण र नवीकरण गर्न सिबिर संचालन हुने भएको छ ।


ताजा समाचार