Loading... आजः शनिबार, कार्तिक ६, २०७८

पार्टी एकता गर्न सहिद परिवारको आग्रह

कार्तिक ११,जाजरकोट । पार्टी एकता गर्न जाजरकोटका सहिद परिवारले दबाब दिएका छन । चुनावी प्रचारमा गाउँ पुगेका बाम गठबन्धनका उम्मेदवारलाई उनिहरुले यस्तो दबाब दिएका हुन ।

जनयुद्धको समयमा ठूलो क्षति ब्यहोरेको भेरी नगरपालिका-१ पिपेका उनिहरुले चुनावका लागि तालमेल मात्र नभई पार्टी एकातानै गर्न दबाब दिएको क्षेत्र नम्बर १ का प्रदेशसभाका उम्मेदवार गणेश प्रसाद सिंहले जानकारी दिनु भयो ।

दुबै पार्टिका कार्यकर्ताले छिट्टै एकता गर्न र सहिदका सपना पूरा गरि खुसि ल्याउन अाग्रह समेत गरेका छन। सरकारले नमुना वस्तिका रुपमा पिपेलाई विकास गर्न विभिन्न सहयाेग गर्दै अाएकाे छ ।

प्रदेशसभाका उम्मेदवार सिंहले भन्नू भयो सहिदका परिवारकाे अाशिर्वाद लिन गाउँ पुगेको थिए तर एकताको उत्साह नै बोकेर आउएको छु, जनताको चाहाना पूरा गर्नु पर्छ ।


ताजा समाचार