Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

उक्लनै नसक्ने खुट्किलाहरुले (गजल)

१.
उक्लनै नसक्ने खुट्किलाहरुले ।
जिन्दगी थलियो पिलाहरुले ।।

बारुदको गन्धले निसासिएका,
चोला फेरेनन यो कोपिलाहरुले ।

ठुलो कौशल ले निर्माण गरेको,
भत्काइदिए घर धमिराहरुले ।

एकतामा नै ठुलो तागत हुन्छ,
यही सिकाउछ कमिलाहरुले ।

देश बेहोसिको हातम परेपछी,
छाकहरु टर्दैछन कनिकाहरुले ।।
२.
बिरामी पल्टेका अस्पतालहरुमा ।
कोहि नारा लेख्दैछ पर्खालहरुमा ।।

युद्द घोषण गरेपछी फुलहरुले,
सुवास भेतिन्छ बन्दुकनालहरुमा ।

नदिले आफ्नो गति छाडे पछि,
धैर्यता देखिएन हिमालहरुमा ।

जुन हेरेर आकृती खोज्नुपर्छ,
सम्झना हराएपछी रुमालहरुमा ।

बस्तिमा अनेकन हल्लाहरुले,
संकट पर्दैछ नयाँ संजालहरुमा ।।

-प्रकाश स्वर्गवासी 
-भेरी नगरपालिका ५, जाजरकोट


ताजा समाचार