Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

पत्रकारहरुको क्षमता अभिबृद्दि तालिम सुरु 

कात्तिक ९, जाजरकोट । दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको लागि तीन दिने पत्रकार क्षमता अभिबृद्दि तालिम जाजरकोटको खलंगामा सुरु भएको छ ।

सुचना विभागकाे अायाेजना तथा पत्रकार महासंघ जाजरकोट शाखाको संयोजनमा यस क्षेत्रमा कृयाशिल पत्रकारहरुका लागि क्षमता अभिबृर्द्दि तालिम सुरु भएको हो ।

तालिमको उद्धाटन भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तिले ब्यानर पढेर गर्नु भएको थियो ।

आइतबार सम्म संचालन हुने तालीममा जिल्लाका ३० जना पत्रकारहरुको सहभागीता रहेको छ । तालिमको मुख्य प्रशिक्षकमा बरिस्ठ पत्रकार तथा महासंघका पुर्ब केन्द्रिय अध्यक्ष डा.सुरेस आचार्य र शरच्चन्द्र वस्ती रहनु भएको छ ।

जाजरकोट शाखाका अध्यक्ष भिम बहादुर सिंहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भाषा बिज्ञ सरच्चन्द्र वस्ती, प्रमुख जिल्ला अधिकारि पुष्पराज शाहको उपस्तिथि रहेको थियो ।

त्यस्तै प्रेस चौतारिका केन्द्रिय उपाध्यक्ष वीर बहादुर गिरि, प्रेस युनियनका केन्द्रिय सदस्य राजेन्द्र कार्की, पर्यटन पत्रकार संघका केन्द्रिय सचिब दिप बहादुर घर्ती लगायत विभिन्न पत्रकार हरुको उपस्थिति रहेको थियो ।

त्यस्तै यहि कार्तिक १३ र १४ गते जाजरकोटमै प्रेस पास तथा राताे कार्ड बितरण र नवीकरण गर्न सिबिर संचालन हुने भएको छ ।


ताजा समाचार