Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

चुनाव सर्ने खतरा बढ्यो, यस्तो छ कारण !


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सर्ने खतरा बढेको छ । सर्बोच्चको आदेस र निर्वाचन आयोगको निर्णयले तोकिएकै समयमा निर्वाचन सर्छकी भन्ने खतरा बढेको हो ।

सत्तसिन नेपाली काङ्ग्रेसको रबैयाले चुनाव नगराउने चलखेल बढिरहेको बाम गठबन्धनको अनुमान लाई अदालत र आयोगको निर्णयले झन तर्साएको छ ।

शुक्रबार देखि निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाईको काम स्थागित गरे संगै समयै चुनाव हुँदैन कि भन्ने आम जनमानसमा आसंका उब्जिएको छ ।
आजदेखि मत पत्र छाप्ने कार्यतालिका भएपनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र एउटै रहने कि अलग–अलग भन्ने विषयमा अन्योल बढेपछि मतपत्र छपाईको काम स्थागित गरेको आयोगको भनाइ छ ।

प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्रको विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएपछि तत्कालका लागि मतपत्र छपाइको काम स्थागित गरिएको निर्वाचन आयोगले जनाएको छ । सर्वोच्च अदालतले आयोगलाई तीन दिनभित्र विवरण पेस गर्न भनेको छ ।


ताजा समाचार