Loading... आजः सोमवार, कार्तिक १०, २०७७

पार्टी एकताको लागि बामगठबन्धन गरिएको हो : पुर्ब गृहमन्त्री बस्नेत


कात्तिक ९, जाजरकोट । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले पार्टी एकताको लागि बामगठबन्धन गरिएको बताएका छन् । एमाले र माओवादी केन्द्रको गठबन्धन चुनावी तालमेलको लागि मात्र नभई पार्टी एकताको लागि भएको बस्नेतले स्पष्ट पारे ।

अाज खलंगामा निकालीएकाे वामगठबन्धनको संयुक्त र्यालीकाे काेणसभालाई सम्बाेधन गर्दै पुर्व गृहमन्त्री बस्नेतले भने, “यो दुई पार्टी एकताको प्रारम्भिक बिन्दु हो, यसबाट कुनै शक्तिको चलखेलले टुट्दैन” ।

गठबन्धनबाट अत्ताल्लिएर काङ्ग्रेस लगायतका केही दलले जनताहरुलाई भ्रम छर्ने काम गरिरहेको उनको भनाई थियो । गठबन्धनबाट प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारहरुको सार्बजनिकिकरण कार्यक्रम एवं काेणसभामा बोल्दै बलियो र स्थिर सरकार बनाएर आर्थिक समृद्धि र समुन्नत नेपाल निर्माण गर्ने बताए । आर्थिक बिकासको लागि, रोजगारिको लागि, समुन्नत जाजरकोट निर्माणको लागि बाम गठबन्धनका उम्मेदवार लाई मतदान गरि बिजयी गराउन आग्रह समेत गरेेका छन् ।

उक्त काेणसभामा क्षेत्र नम्बर २ प्रदेश-सभाका उम्मेदवार करबिर शाहिले जिल्ला बनाउने अभिभारा गठबन्धनको भएको बताए । जिल्लाका प्रतिनिधि सभा र प्रदेसभाका सबै क्षेत्र गठबन्धनका उम्मेदवारको जित निश्चित भइसकेकोले जिल्लाको मुहार फेर्ने जिम्मा आफुहरुको काधमा रहेको उनको भनाइ छ ।

त्यस्तै क्षेत्र नम्बर एक का उम्मेदवार गणेश प्रशाद सिंहले कुनै भ्रममा नपरी ढुक्कले मतदान गर्न आग्रह गरे ।


ताजा समाचार