Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

चुनावमा बाम तालमेल र काँग्रेस

बिरेन्द्र राेकाय 

यतिवेला देश निर्वाचनको पुर्व सन्ध्यामा होमिएको छ र स्थानिय तहको निर्वाचन पहिलो, दोस्रो र तेस्रो गरी तिन चरणमा सकिएको छ । साथै पहिलाे चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको लागि दलहरुको उम्मेदवारी दर्ता भएका छन् । नेपालको संविधान निर्माण हुनु अगाडीको जस्तो प्रकारको निर्वाचन यतिवेला नहुने कुरा प्रष्ट छ । त्यस अघिका निर्वाचनमा उम्मेदवारी बिभिन्न दलवाट हुने गथ्र्यो तर यसपलि त्यो भएन । विकसित देशको जस्तो Two party system नेपालमा हुन लागेको छ । तर निर्वाचन आयोगमा भने दुई मात्र दल छैनन् । विषेशगरी यस्पाली ठुला कम्युनिष्ट पार्टी एक भाग हुन् र केही मधेसी तथा साना दलसँग काँग्रेस छ । नेपालको पहिलो संविधान नेपालको बैधानिक कानुन २००४ हो र त्यसपछि पटक–पटक २००८, २०१५, २०१९,२०४७, २०६३ तथा २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो । र यो क्रमश लागु भइरहेको छ । नेपालको संविधान जारी भए पश्चात दुई कम्युनिष्ट सरकार भए र एक काँग्रेसको सरकार कायम छ । परिवर्तित राजनीतिक घटनाक्रम खास गरी दक्षिणपन्थि दलहरुको आशा र उनिहरुको विश्लेषण यस लेखमा गरिएको छ ।

अझ रोचक प्रशंग के छ भने नेपालमा अरुका सरकार बने जनमत खस्किने गरेको छ तर एमालेको सरकार त्यस विपरित भएको छ । जनतामा एमालेको हाई–हाई भएको छ । अझ विशेषगरी मनमोहन र ओलीको सरकार अत्यान्तै लोकप्रिय भए । नेपालको इतिहाँसमा नेकपा एमाले अध्यक्ष ओलीको सरकारको पक्षमा जनता सडकमा समेत ओर्लिए । खास गरी के.पी ओलीको सरकारले एमालेको जनमत निकै बढ्यो ।

संघियता सहितको संविधान जारी भइसकेपछि संघिय नेपालको पहिलो सरकार राजनेता नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीको नेतृत्वमा बन्यो । संविधान निर्माण अघि काँग्रसले पनि साथ दिने भन्ने कुरा बाहिर आएको थियो तर काँग्रेसले ओली सरकारलाई साथ दिएन उल्टै राजनीतिक स्थायित्वको लागी प्रमुख राजनीतिक दलविच एकता हुनुपर्नेमा एउटा ठुलो पार्टी प्रतिपक्षमा बस्नु उपयुक्त हुन्छ भनि उ प्रतिपक्षमा बस्यो । अझ खास कुरा त केछ भने संविधान जारीपछि भारतले नेपालमा अमानविय नाकाबन्धि लगायो । ओली सरकारले त्यस नाकाबन्दिको कडा सामना गरी सुरक्षित अवतरण तर चतुर कुटनीतिक ढंगबाट भारतलाई झुक्न बाध्य पारे र उस्ले नाकाबन्धि हटाउनु पर्यो । यस्तो नाकावन्धि तथा विशेष अवस्थामा सरकारले आफ्नो बचाउ गर्ने गर्छ र प्रतिपक्षी दलले यस्को मुद्धा कडाइकासाथ उठाउँछ । प्रतिपक्ष नभए नागरिक समाजले उठाउनु पर्ने हो तर त्यस नाकाबन्धिको प्रतिपक्षमा बसेको काँग्रेसले मिनेट विरोध गरेन । उल्टो समर्थनको भाष बोलीरहयो ।

प्रचण्ड नेपाली राजनीतिका परिवर्तनकारी तर अस्थिर हिराे, निर्णय लिन सक्ने तर नटिक्ने, विचारमा स्खलन, दर्शनमा अनियान्त्रीत, निरन्तरतामा खण्डित पात्र तर उनको एउटा राम्रो बिषेशता भनेको बोल्ड निर्णय लिन सक्ने नै हो । यद्यपी उनको स्वभाव परिवर्तनकारी र प्रगतीशिल छ ।

भुकम्प, नाकावन्दि साथै दर्जनौ समस्यालाई समाधान गर्दै के.पी ओली सरकार अघि बढीरहयो । भारत र चिन एक सँग नजिक र अर्कोसँग टाढा हुने पद्धतिलाई तोड्दै स्थिर बनाएर र भारतको एकाधिकार चिनसँगको १० बुँदे सम्झौताबाट तेडे । इतिहाँस एकल व्यापारिक, राजनीतिक राज गर्दै आएको भारत आफ्नो पक्षको बचाउ गर्दै हिड्यो । अझ रोचक प्रशंग के छ भने नेपालमा अरुका सरकार बने जनमत खस्किने गरेको छ तर एमालेको सरकार त्यस विपरित भएको छ । जनतामा एमालेको हाई–हाई भएको छ । नेपालमा मनमोहन अधिकारीको सरकार, माधन नेपाल, झलनाथ खनाल र के.पी ओलीको लोकप्रिय सरकार रहे । अझ विशेषगरी मनमोहन र ओलीको सरकार अत्यान्तै लोकप्रिय भए । नेपालको इतिहाँसमा नेकपा एमाले अध्यक्ष ओलीको सरकारको पक्षमा जनता सडकमा समेत ओर्लिए । खास गरी के.पी ओलीको सरकारले एमालेको जनमत निकै बढ्यो । यदी मओवादी केन्द्र र काँग्रेसले सम्पन्न स्थानिय निकायको निर्वाचनमा चुनावि तालमेल नगर्दा हुन त उनिहरुको अवस्था प्रष्ट देखिने थियो । तर राजनीति व्यापक सम्भावना भित्रको खेल हो भन्ने प्रचण्डले आफ्नो जनमत बुझे र काँग्रेसलाई उपयोग गरे । अहिलेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेस सँग अन्तिम अवस्थामा माओवादी केन्द्रले चुनावी तालमेल गर्न सक्छ भन्ने कुरा नेपाली राजनीतिका एक सफल र चतुर खेलाडी क.पी ओलीले बुझे होलान् र सरकारमै रहेको मओवादी संग चुनावी तालमेल र निकट भविश्यमा पार्टी एकता गर्ने सोचका साथ बाम गठबन्धन गरेर नेपाली राजनीतिमा आफ्नो भुमिकालाई अझ बलियो वनाए । काँग्रेस जिल्ल भयो ।

प्रचण्ड नेपाली राजनीतिका परिवर्तनकारी तर अस्थिर हिराे, निर्णय लिन सक्ने तर नटिक्ने, विचारमा स्खलन, दर्शनमा अनियान्त्रीत, निरन्तरतामा खण्डित पात्र तर उनको एउटा राम्रो बिषेशता भनेको बोल्ड निर्णय लिन सक्ने नै हो । यद्यपी उनको स्वभाव परिवर्तनकारी र प्रगतीशिल छ । पुर्वि टिमोरको सफलता पछि त्यहाँका नेता गुजमाओले भनेका छन् “सघर्षका लागी प्रस्तुत बाहादुरी सिर्जनाका लागी पर्याप्त नहुदो रहेछ ।” यो भनाई अहिलेका मओवादी केन्द्र संग मेल खान्छ भन्ने कुरा सायद प्रचण्डले बुझे होलान । स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्र र काँग्रेस बिचको तालमेल फेलन, किनकी माओवादी र काँग्रेस कम सफल भयो भने एमाले र माओवादीको तालमेल बढि सफल भएकोले पनि प्रचण्डलाई सायद हेक्का भयो होला बाम तालमेलनै फलदायी हुने कुरा र उनले बुझे होलान सत्ताको स्वाद चाँही आइजीपि प्रकरण, राजदुत प्रकरण, प्रधानन्यायधिस प्रकरण, भारतमा भएको राजकिय भ्रमनमा केटाकेटीपन, कुटनीतिक असक्षमता, ६४ सदस्यीय जम्बो मन्त्रिमण्डल जस्ता कारण हुन बाम तालमेल ।

काँग्रेसको आशा

केही दिन अघि एमाले, माओवादी लगायतका दलको चुनावी बाम तालमेल देखेर काँग्रेसका दक्षिणपन्थि विद्धान डा. प्रकाश शरण महत एक टेलीभिजन अन्तरवार्तामा भन्दै थिए कम्युनिष्टहरुको मेल अनिष्टको संकेत, संविधानको भावना विपरित संभियता कार्यन्वयनको वाधक, परिवर्तन विरोधी । त्यस वेला सोचे दोस्रो विश्व युद्धको अन्तिममा शासक हिटलरले आफ्नो प्रचारमन्त्री गोयवल्स मार्फत भनेका थिए कि “भगवानले अन्तिम अवस्थामा कँहीबाट हात थाप्ने र मित्र राष्ट्र पक्षलाई ध्वस्त पार्ने कुरा वर्लिनको पत्रकार सम्मेलनमा गर्दा मस्कोबाट स्टालिनले भनेका थिए अदृश्य शक्तिमा विश्वास गर्नेहरुको मृत्यु कहीले काँही आफ्नै छायाँबाट हुन्छ ।”
विशेषगरी प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र उन्को पार्टीका नेताहरु माओवादीलाई काँग्रेस फर्कनेमा आशावादीनै छन् । उनिहरु यतिवेला गोयवल्स शैलिमै प्रचारमा छन् । त्यसलाई नेपाली बाम तालमेलका नेताले होइन स्टालिनको भनाइले पुष्टी गरिदिन्छ । काँग्रेसका विद्धान नेतालाई के थाहा छैन भने राजनीतिक स्थिरताले मात्र देशको सामाजिक, संस्कृतिक, राजनीतिक, आर्थिक विकासको बाटो ल्याउँछ । कुनै दल वा तालमेल ले दुई तिहाई ल्यायो र स्थिर सरकार बन्यो भने मात्र देशको चौतर्फि विकास हुन्छ । संविधानको र जनताको भावनाको पक्षमा हुन्छ, संविधानको कार्यन्वयन हुन्छ र यो परिवर्तन विरोधी होइन ।

अन्त्यत्यमा

जे होस यतिवेला हाम्रो देश नेपाल राजनीतिक अस्थिरतावाट टाढा हुन खोजिरहेको छ । यतिवेला नेकपा एमाले र माओवादी केन्द्र भविश्यमा पार्टी एकिकरण गर्ने ध्ययका सात चुनावी तालमेलमा छन् । र दुई तिहाई ल्याउने कुरा गरीरहेका छन् । त्यतिमात्र होइन दुई पार्टीको एकता होस्, देशको विकासमा फड्को मारोस्, संघियता सहितको संविधानको सफल कार्यन्वयन, गरिवीको अन्त्य होस्, रोजगारीको सिर्जना होस्, यो बाम गठबन्धनको पुर्ण सफलताको सुभकामनाका साथ प्रतिपक्ष पनि जिम्मेवार वनि राष्ट्र हितको पक्षमा उभियोस, नागरिक समाज पनि कानमा तेल हालेर सुत्ने अवस्था नहोस शुभकामना ।

 


ताजा समाचार