Loading... आजः मङ्लबार, असार ८, २०७८

अभ्यास खेलका खेल्न नेपाली युवा क्रिकेट टोली बंगलादेश जाने

 

                                                                                                 फाइल फोटो

९ कात्तिक, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टीम यू-१९ एसिया कपको लागि अभ्यास खेल खेल्न सोमबार बंगलादेश जाने भएको छ ।

बंगलादेश क्रिकेट बोर्डका अनुसार नेपालले घरेलु टोलीसँग बिहीबार, शनिबार र आइतबार ३ वटा म्याच खेल्ने छ ।

नेपाली टोलीका प्रशिक्षक विनोद दासले आफूहरुले बंगलादेशमा खेल्ने इच्छा प्रकट गर्दै पत्राचार गरेको र त्यहीअनुसार कार्यक्रम हुने जानकारी आफूलाई आएको बताए ।

खेल क्रिडा शिखा प्रतिष्ठानमा हुने बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।

यू १९ एसिया कप क्रिकेट आगामी नोभेम्बर ९ देखि २० सम्म मलेसियामा हुँदैछ । त्यसमा एसियाका टेष्ट खेल्ने राष्ट्रहरुसहित आयोजक मलेसिया र नेपाल सहभागी हुँदैछन् ।

 


ताजा समाचार