Loading... आजः शनिबार, अशोज २, २०७८

मध्य-पश्चिम काेहलपुर द्धारा डिएसपी रकर्स नेपालगन्ज पराजित

काेहलपुर, ८ कात्तिक । काेहलपुरमा अाजबाट शुरू भएकाे यु-१९ टि-२० क्रिकेट शृङ्खलाकाे पहिलो खेलमा मध्य-पश्चिम क्रिकेट काेहलपुर क्लब विजयी भएकाे छ ।

डिएसपी रकर्स नेपालगन्ज विरूद्ध टस जितेर पहिला ब्याटिङ गरेकाे मध्य पश्चिमले निर्धारित २० अाेभरकाे खेलमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायाे । जसका लागि नितेश विष्टले ६४ र दिपेन्द्र रावतले ३२ रन बनाएका थिए । बलिङतर्फ रकर्सका अजय सहानिले २ विकेट हात पारे ।

१ सय ७७ रनकाे विजयी लक्ष्य पाएर मैदान उत्रिएको रकर्स १६ अाेभर खेल्दै १० विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्याे । रकर्सकाे ब्याटिङ धरासायी पार्ने क्रममा मध्य पश्चिमका बलर लवकुश यादवले ३, दिपेन्द्र रावत र विनाेद गाैतमले समान ३-३ विकेट लिए । ब्याटिङमा रकर्सका अजय सहानिले २३ रन र शिभ पलले १८ रन वनाउनु बाहेक अन्य खेलाडीले दाेहाेराे अङ्क पूरा गर्न सकेनन् ।

उक्त खेलकाे म्यान अफ द म्याच मध्य पश्चिमका नितेश विष्ट घाेषीत भए ।

पहिलो खेलकाे जित सगै शृङ्खलामा मध्य पश्चिम १-० ले अगाडि भएको छ र दाेस्राे खेल भाेली हुने क्लबले जनाएको छ ।


ताजा समाचार