Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

बाम गठबन्धका स्वतन्त्र सहित ६ जनाले उम्मेदवारी फिर्ता लिए

कात्तिक ८, जाजरकोट । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका जाजरकोटका ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

फिर्ता लिने उम्मेदवारहरुमा बाम गठबन्धनबाट प्रतितिधिसभा सदस्यका उम्मेदवार शक्ति बस्नेतको बिरुद्ध स्वतन्त्र उम्मेलवनरी दिनु भएका गोविन्द विक्रम शाह रहनु भएको छ । यससँगै गठबन्धनबाट उम्मेदवारी दिएका पुर्व गृहमन्त्री एबं माओवादीका नेता शक्ति बस्नतलाई सहज भएको छ ।

बस्नेतलाई सघाउने गठबन्धनको तालमेल अनुसार उम्मेदवारी फिर्ता लिएको बताउनु भयो । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर दुई बाट उम्मेदवारी दिएका माओवादीका नरबहादुर कार्कीले पनि उम्मेदवारी फिर्ता लिनु भएको छ । गठबन्धनका साझा उम्मेदवार एमालेका करविर शाहीलाई सघाउने पार्टीको निर्देशन अनुसार उम्मेदवारी फिर्ता लिएको उहाँको भनाई छ ।

निर्वाचन क्षेत्र नम्बर एक बाट उम्मेदवारी दिनु भएका एमालेका निरज आचार्यले बिहानै उम्मेदवारी फिर्ता लिइसक्नु भएको छ । गठबन्धनका साझा उम्मेदवार गणेश प्रसाद सिंहलाई सघाउन पार्टीको निर्देशनमा उहाँले पनि आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको हो ।

यसैगरी राप्रपा (प्रजातान्त्रिक)का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वीरबहादुर मल्ल, क्षेत्र नम्बर एक बाट प्रदेश सभाका उम्मेदवार कृष्ण विक्रम शाह र दुइ बाट उम्मेदवारी दिएका लाल बहादुर राउतले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ । उहाँहरुले काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सघाउने बताउनु भएको छ ।

बाम गठबन्धको सहमतिमा केन्द्रबाट अन्तिम समयमा उम्मेदवारी हेरफेर भएपछि प्रतिनिधि सभा र प्रदेश सभामा दुवै पार्टीले उम्मेदवारी दिएका थिए । तर दुर्व पार्टीको केन्द्रको निर्देशन अनुसार उहाँहरुले उम्मेदवारी फिर्ता लिनु भएको हो ।

जाजरकोटमा प्रतिनिधि सभा सदस्यका लागि आब बाम गठबन्धनबाट पुर्व गृहमन्त्रि तथा माओवादीका नेता बस्नेत र काँग्रेसका राजिव विक्रम शाह प्रतिस्पर्धा गर्ने भएका छन् ।


ताजा समाचार