Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

कार्वाहीको चेतावनि पछि बागि उम्मेदवारी फिर्ता, सुर्यमै भोट हाल्ने

कात्तिक ८, मुगु । वाम गठबन्धनका विरुद्ध उम्मेदवारी दिएका मुगुका माओवादी नेताहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टीको केन्द्रीय समितिले ५ वर्षसम्म कारबाही गर्ने चेतावनी दिएपछि उम्मेदवारी फिर्ता लिएको माओवादीका नेता मंगलबहादुर शाहीले बताउनुभयो ।

अब माओवादी मुगुले पनि वाम गठबन्धन कार्यदलले गरेको निर्णय अनुसार नै सूर्य चिन्हमा मतदान गर्ने जनाएको छ ।
गठबन्धनकोे सिट बाडफाडँमा मुगुमा माओवादीको भागमा एक सिट पनि नपरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका माओवादी नेताहरुले बुधवार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिनिधिसभाका लागि एक क्षेत्र भएको मुगुमा माओवादी नेता शुरबहादुर बुढाले स्वतन्त्रबाट मनोनयन दर्ता गराउनुभएको थियो । त्यस्तै प्रदेश ‘क’ बाट केबलबहादुर शाही र प्रदेश ‘ख’ बाट मंगलबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

माओवादीका स्वतन्त्र उम्मेदवारले आफ्नो मनोनयन फिर्ता गरेपछि वाम गठबन्धन बलियो बनेको गठबन्धनका नेताहरुको भनाई रहेको छ ।


ताजा समाचार