Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

एमाले र माओवादी एउटै आमा–बाबुका सन्तान हौँ : सचिव भट्टराई

कात्तिक ८, ताप्लेजुङ । एमाले सचिव योगेश भट्टराईले एमाले र माओवादी केन्द्र एउटै आमा र बुवाका सन्तानहरु भएकाले आमाकै आदेशअनुसार मिलेको बताउनु भएको छ ।

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दिनु भएका भट्टराईले सालेवाबाट चुनावी अभियानको थालनी गर्दै यस्तो बताउनु भएको हो । ‘नेकपा एमाले र माओवादीको गठबन्धन समयको आवश्यकता हो, एमाले र माओवादी एउटै आमा र बुवाका सन्तानहरु हौं । हामी कुनै कालखण्डमा टुक्रियौं, फुट्यौं, तर आज नेपाली आमाको आदेश अनुसार मिल्यौ उहाँले भन्नु भयो ।

त्यस्तै नेपाली आमाले हामीलाई आदेश दिनु भयो तिमीहरु फुटदा बैरीले देश खान लाग्यो, तिमीहरु मिल, बैरीलाई ठेगान लगाऔं, त्यसैले हामी मिल्यौं, यो देशको माटो समातेर हामीले कसम खायौं, यो देश बनाउने अठोट हो’ भट्टराईको भनाई छ ।

उहाँले एमाले र माओवादीबीचको मिलन केपी ओली, प्रचण्ड, माधव नेपाल वा झलनाथ खनालका लागि नभई युवा र भावी पुष्ताका लागि भएको पनि ठोकुवा गर्नुभयो ।


ताजा समाचार