Loading... आजः मङ्लबार, कार्तिक ११, २०७७

अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

                                                                          फाइल फोटो

कार्तीक ८, काठमाडौँ । निर्वाचन आयोगले आउँदो मंसिरमा १० मा हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्दै छ ।

उम्मेदवारहरुमाथि परेको उजुरी र दावी विरोध सकिएपछि त्यसको जाँचबुझ गरी आयोगले बुधबार नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्न लागेको हो ।

हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा पहिलो चरणमा हुन लागेको प्रत्यक्ष तर्फको निर्वाचनका लागि गत आइतबार मनोनयन दर्ता गरिएको थियो । जस अन्तरगत प्रतिनिधिसभाका लागि ३ सय २० र प्रदेशसभाका लागि ४ सय ८२ गरी कुल ८ सय २ जनाको उम्मेदवारी परेको निवाचएन आयोगले जनकारी दिएको छ ।

मंगलबार हिजो दावी विरोधको प्रक्रिया सकिएको र आज बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारहरुलाई समय दिइएको छ । त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने र बेलुका ६ बजेभित्र चुनाव चिन्ह वितरण गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।


ताजा समाचार