Loading... आजः सोमवार, कार्तिक १०, २०७७

अध्यक्ष ओलिको नासो उहाँलाई नै फिर्ता गरे : आचार्य

कार्तिक ८, जाजरकोट । प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिनु भएका निरज आचार्यले उम्मेदवारी फिर्ता लिनु भएको छ ।

प्रदेश नम्बर छ अन्तरगत जाजरकोटको निर्वाचन क्षेत्र नम्बर एक मा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनु भएका आचार्यले उम्मेदवारी फिर्ता लिनु भएको हो ।
पार्टी केन्द्रको निर्देशन अनुसार आफ्नो उम्मेदवारी फिर्ता लिएको पत्रकार सम्मेलन मार्फत आचार्यले जानकारी गराउनु भयो ।

गठबन्धन अनुसार माओवादी केन्द्रका गणेश प्रसाद सिंहलाई समर्थन गर्न एमालेले आचार्यलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।

एमाले र माओवादी केन्द्रको गठबन्धनको कार्यदलले सुरुमा यस क्षेत्रमा आचार्यको नाम सिफारिस गरेको थियो । तर माओवादी केन्द्रबाट सिफारिस भएका सिंहले प्रतिनिधि सभामा उम्मेदवारी दिनु भएका पुर्ब गृहमन्त्री शक्ति बस्नेत विरुद्ध उम्मेदवारी दिने चेतावनी दिएपछि यो क्षेत्र माओवादीले दाबी गर्दै उम्मेदवारी दर्ता गराएको थियो।
कार्यक्रममा आचार्यले पार्टिको निर्देशन लाई पालना गर्दै अध्यक्ष ओलिको नासो ओलिलाइ नै फिर्ता गरेको जानकारी गराउनु भयो ।

गठबन्धनलाई धरापमा पारेर पदमा पुग्न नचाहेको बताउदै प्रतिनिधी सभाका उम्मेदवार शक्ति बस्नेतका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका एमालेका गोबिन्द बिक्रम शाहलाइ फिर्ता लिन आग्रह समेत गर्नु भयो ।


ताजा समाचार