Loading... आजः बुधबार, असार ९, २०७८

जाजरकोटमा ८५ वटा मतदान स्थल

राजेन्द्र बिक्रम शाही
जाजरकोट, कार्तिक ७ । जाजरकोटमा आउँदो मंसीर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागी ८५ वटा मतदान स्थल तोकीएको छ।

सात वटा स्थानीय तह रहेको जाजरकोटमा सबै भन्दा बढी छेडागाड नगरपालिकामा १६ वटा मतदान स्थल तोकीएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै त्रिवेणी नलगाड नगरपालिकामा १५, भेरी नगरपालिकामा १३, जुनी चाँदे गाउँपालिकामा १२ वटा मतदान स्थल रहेका छन ।

कुसे गाउँपालिका र बारेकोट गाउँपालिकामा समान दश/दश वटा रहेका छन भने शिवालय गाउँपालिकामा सबै भन्दा कम ९ वटा स्थल कायम गरीएको छ ।

जिल्लामा मतदान स्थल ८५ वटा भएपनि मतदान केन्द्र १ सय १६ वटा रहेका छन । छेडागाड र भेरी नगरपालिकामा २३/२३ वटा, त्रिवेणी नलगाडमा १८, जुनीचाँदेमा १६,बारेकोटमा १४, कुसेमा १५ र शिवालयमा ९ वटा मतदान केन्द्र बनाईएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

४ गाउँपालिका र ३ नगरपालिका रहेको जाजरकोटमा ८३ हजार ९ सय ३७ जना मतदाताले मतदानमा सहभागी हुन पाउँने छन ।
भेरी नगरपालिकामा सबै भन्दा बढी १७ हजार ९ सय ८४ र सबै भन्दा कम शिवालय गाउँपालिकामा ७ हजार ६ सय ४५ मतदाता रहेका छन।


ताजा समाचार