Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

रोनाल्डो बने फिफा वर्ष खेेलाडी

काठमाडौं । सन् २०१७ को फिफा वर्ष खेलाडी क्रिष्टियानी रोनाल्डो  बनेका छन् । स्पेनिस क्लब रियल मड्रिडका रोनाल्डोले वर्ष खेलाडीको उपाधि जितेको यो लगातार दोस्रो पटक हो ।

यसअघि उनी सन् २०१६ मा पनि वर्ष खेलाडी बनेका थिए । सन् २०१७ मा पनि वर्ष खेलाडीको उपाधि जित्ने क्रममा उनले अर्जेटिनाका लियोनल मेसी र ब्राजिलका नेइमारलाई पछि पारे ।

३२ वर्षीय रोनाल्डोले गत वर्ष रियल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिग फुटबलको उपाधि जिताएका थिए ।

यसैबीच बार्सिलोनाकी लिक मार्टेन्सले उत्कृष्ट महिला खेलाडी र जिनेदिन जिदानले उत्कृष्ट पुरुष प्रशिक्षकको उपाधी जितेका छन् ।


ताजा समाचार