Loading... आजः बुधबार, कार्तिक ५, २०७७

कति शक्तिशाली छन गृहजिल्लामा योगेश भट्टराई ?

कात्तिक ६ ताप्लेजुङ । प्रतिनिधि तथा प्रदेश सभाको पहिलो चरणमा हेभिवेट भिडन्तमा भिड्ने मध्ये एक नाम हो योगेश भट्टराई । स्थानीय निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमालेका सचिव समेत रहनु भएका युवा नेता भट्टराई प्रतिनिधि सभाका लागी गृहजिल्ला ताप्लेजुङबाट उम्मेद्धारी दर्ता गराउनु भएको छ ।

यसअघिका निर्वाचनमा काठमाडौंबाट लड्नु भएका भट्राई यसपटक भने गृहजिल्ला जानु भएको हो । निर्वाचनको केही अघि उहाले आफ्नो मतदाता नामावली काठमाडौंबाट गृहजिल्ला सार्नु भएको थियो । पछिल्लो समय गृहजिल्लामै वढि समय व्यतित गरिरहनु भएका भट्टरार्ई बामपन्थी गठबन्धनबाट उम्मेद्धारी दर्ता गराईसक्नु भएको छ ।

उहाँलाई नेपाली काग्रेसका केशब दाहालले टक्कर दिनु भएको छ । पछिल्लो निर्वाचनको आधार मान्ने हो भने बामगठबन्धन काग्रेसमाथी भारी हुने देखिन्छ । स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने गठबन्धन करिव साढे ५ हजार मतले अगाडी रहेको जनता टाइमस अनलाइनमा खबर छ ।

सो निर्वाचनमा गठबन्धनले २४ हजार ९ सय १७ मत पाएको थियो भने काग्रेसले १९ हजार ५ सय ७२ मत पाएको थियो । यस्तै सो जिल्लामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पनि १२ सय ७ मत रहेको छ । यसरी हेर्दा पनि भट्राईको जित सहज नै रहेको स्थानीय विश्लेषकहरु बताउछन् ।

अझ राष्ट्रिय राजनीतिमा लोकप्रिय नेता रहेकाले पनि दाहालले भट्राईलाई टक्कर दिन कठिन रहेको विश्लेषण गरिन्छ । तर, निर्वाचन हो परिणाम त जनताकै हातमा रहेको काग्रेसका नेताहरु बताउछन् । मंसिर १० गते हुने निर्वाचनमा एक मात्र क्षेत्र रहेको ताप्लेजुङमा ७८ हजार ४ सय ११ मतदाता रहेका छन् ।
यी दुई सहित अन्य ९ उम्मेद्धार चुनावी प्रतिष्पर्धामा भएपनि मुख्यतय गठबन्धन र काग्रेसकै विचमा प्रतिष्पर्धा हुने देखिन्छ । अन्य दलको उपस्थिति सो क्षेत्रमा न्युन रहेको छ ।


ताजा समाचार