Loading... आजः शनिबार, कार्तिक ८, २०७७

लोकदर्शन रेग्मी बने २४ औँ मुख्यसचिव

काठमाडौं । सरकारले मुख्यसचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमवार बिहान बसेको बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा नियुक्त गरेको हो ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् ।
तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान राजीनामा दिएर हिँडेपछि क्षेत्री २९ असारमा मुख्य सचिव बनेका थिए । ५८ वर्षे उमेर हदका कारण उनले मंसिर ७ गते भोलि अनिवार्य अवकाश पाउँदै छन् ।


ताजा समाचार