Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

जाजरकोटमा वामगठबन्धन यसरी भत्कियो

जाजरकोट । जाजरकोटमा नेकपा एमाले र माओवादी केन्द्र वीचमा भएको सहमती तोडिएको छ ।
एमाले र माओवादीले प्रतिनिधीसभा र प्रदेशसभामा उम्मेदवारी दिएपछि सहमती तोडिएको हो ।

केन्द्रमा बाम गठबन्धनले प्रदेशसभाको लागि क्षेत्र नं १ मा एमालेका निरज आचार्यको नाम टुंगो लागएपनी आज एक्कासि माओवादीका गणेशप्रसाद सिंहले टिकट पाएको भन्दै उम्मेदवारी दर्ता गराएपछि गठबन्धन तोडिएको हो ।

क्षेत्र १ मा तोडिए संगै क्षेत्र नं २ मा पनि प्रदेश सभामा एमालेका उम्मेदवार करवीर शाहीको विरुद्धमा माओवादीका नरबहादुर कार्किले वागी मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै केन्द्रको सहमती मा प्रतिनिधी सभामा पुर्ब गृहमन्त्री तथा माओवादीका नेता शक्तिवहादुर वस्नेतको उम्मेदारी विरुद्ध एमालेका गोविन्द विक्रम शाहले वागी उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धन छलफलमै रहेकोले यस्को समाधान हुने र गठबन्धन कायम रहने प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनु भएका पुर्ब गृहमन्त्री शक्ति बस्नेतको भनाई छ ।

त्यस्तै सहमती बिपरित माओवादीले प्रदेशसभामा दाबी गरेकोले एमालेको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएको गोबिन्द बिक्रम शाहको भनाइ छ ।
गठबन्धनको सहमति बिपरित दुबै दलबाट सबै क्षेत्रमा उम्मेदवारी दर्ता भएपछि कार्यकर्ताहरु अन्यौलमा परेका छन ।
नेपाली कांग्रेसको तर्फवाट प्रदेश सभा क्षेत्र नं १ मा वेदराज सिंह र २ मा दिपकजंग शाह र प्रतिनिधिसभाको लागि राजिवविक्रम शाहको उम्मेदवारि दर्ता गराउनु भएको छ ।


ताजा समाचार