Loading... आजः बुधबार, असार ९, २०७८

नेतृत्व दिन तयार छु : पूर्व राजा शाह

काठमाडौं, ४ कात्तिक । पूर्व राजा ज्ञानेन्द्र शाहले समयको माग अनुसार जिम्मेवारी लिन र नेतृत्व दिन तयार रहेको बताउन्भएको छ । भाईटिकाको अवसरमा शुभकामना दिदै पूर्व राजा शाहले मुलुकमा नेतृत्व नभएको जस्तो देखिएको भन्दै जनताको इच्छा र सहयोग भए जिम्मेवारी लिन तयार रहेको बताउनुभएको हो ।

जिम्मेवार नागरिकको हैसियतले मुलुकको चासो र चिन्ता हुनु स्वभाविक भएको भन्दै उहाँले आफु सक्रिय भएको नभई परिस्थिती र समयको माग अनुसार चल्न खोजेको उल्लेख गर्नुभयो ।

पूर्व राजा शाहले भन्नुभयो, ‘दुवोको माला, मखमली र गोदावरी फूलको मालाको महत्व नबुझ्ने तर कागजको फूलको सुवास खोज्ने परिस्थितीमा हामी हिडिरहेका छौं, नेतृत्व नभएको जस्तो देखिएको छ, त्यसैले अब समय आएजस्तो लाग्छ, जिम्मेवारी दिन र नेतृत्व लिन तयार छु ।’

परिवारसँग मिलेर तिहार मनाउन भन्दै उहाँले आफ्नो कुरालाई पनि ध्यान दिन जिम्मेवार सबै नागरिकलाई आग्रह गर्नुभयो ईकान्तिपुरमा खबर छ ।


ताजा समाचार