Loading... आजः शुक्रबार, अशोज १, २०७८

कालीखोला स्थित सडक दुर्घटनाका घाइतेहरूको सनाखत भयो (घाइतेहरूको विवरण सहित)

जाजरकोट, ३ कार्तिक ।  आज विहान सुर्खेतको कालीखोला नजिकै भएको सडक दुर्घटनाका मृतक र घाईतेहरुको सनाखत भएको जाजरकोट प्रहरीले जनाएको छ ।
जाजरकोटको रिम्नाबाट नेपालगन्जका लागि छुटेको मे १ ख ७२२ नम्बरको गाडी सुर्खेतको सिम्ता गाउपालिका ४ स्थित कालीखोला नजिकै दुर्घटना हुदा १ को घटनास्थलमै मृत्यु भएको थियो भने ३० जना घाईते भएका थिए । बस तीव्र गतिमा गुड्दा नियन्त्रण बाहिर गएर दुर्घटना भएको प्रहरी अनुसन्धानबाट खुलेको जाजरकोट प्रहरी प्रमुख भावेश रिमालले बताए ।
दुर्घटनामा परी ज्यान गुमाउने भेरीनगरपालिका १० का ६४ वर्षीय शिवलाल डाँगी रहेका छन् । घाइतेहरु सुर्खेत मेहलकुना र नेपालगन्ज मेडिकल कलेज लगायतका अस्पतालहरुमा उपचार भैरहेको प्रहरीको जानकारी छ ।

घाईते हुनेहरुको विवरण यस्तो छ
१.   १९ वर्षीया मीना सिंह, सुर्खेत
२. २५ वर्षीया गंगादेवी मल्ल, त्रिवेणी नलगाड नगरपालिका १३ जाजरकोट
३.  ३० वर्षीया सुशिला सिंह, डोल्पा
४. ४० वर्षीया तुलसा पुन, शिवालय गाउँपालिका ५ जाजरकोट
५. २ वर्षीय विकास पुन, शिवालय गाउँपालिका ५ जाजरकोट
६. ८ वर्षीया अनिता पुन, शिवालय गाउँपालिका ५ जाजरकोट
७. ३० वर्षीया सीता पुन, शिवालय गाउँपालिका ५ जाजरकोट
८. १५ वर्षीया सिर्जना शाही, सुर्खेत
९. ३० वर्षीया तारा सिंह, सुर्खेत
१०. १२ वर्षीया अरुणिमा चन्द, सुर्खेत
११. १६ वर्षीया एलिसा सिंह, सुर्खेत
१२. ७५ वर्षीय रुद्र बुढा, बाँके
१३. १६ वर्षीया चन्द्रा चन्द, सुर्खेत
१४. तुलबहादुर बुढा, छेडागाड नगरपालिका ५ जाजरकोट
१५. १९ वर्षीय सुरज बुढाथोकी, बाँके
१६. १६ वर्षीया सावित्रा गहतराज, सुर्खेत
१७. ७० वर्षीया कौशिला महतारा, बारेकोट गाउँपालिका ८ जाजरकोट
१८. २० वर्षीया विष्णु शाही, बारेकोट गाउँपालिका ८ जाजरकोट
१९. १९ वर्षीय विशाल परियार, नेपालगञ्ज बाँके
२०. १४ वर्षीय दीपक परियार, नेपालगञ्ज बाँके
२१. ३० वर्षीया जानकी सिंह, डोल्पा
२२. ४ महिनाका विवेक सिंह, डोल्पा
२३. १२ वर्षीया सारदा चन्द, सुर्खेत
२४. १९ वर्षीय फष्टराम नकाल, रुकुम गरायला
२५. ३० वर्षीय बुद्धि बुढा, सुर्खेत
२६. ६ वर्षीया विपाना बुढा, सुर्खेत
२७. ४५ वर्षीया पुतली रोकाय, बाँके
२८. १५ वर्षीय खगेन्द्र रोकाय, बाँके
२९. ७ वर्षीया गोविन्द रोकाय, बाँके
३०. ४६ वर्षीया मुना बुढा, सुर्खेत

न्युजरेखा बाट


ताजा समाचार