Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

छिन्चु जाजरकोट सडक खण्डमा यात्रुबाहक बस दुर्घटना

रेशम बहादुर खड्का
जाजरकोट,३ कार्तिक । सुर्खेतको सिम्तागाँउपालीका ४ बालीखोलाको दाह्रेभिरमा बस दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । ज्यान जानेमा भेरी नगरपालीका १० जाजरकोटका ६५ बर्षका शिबलाल कार्की रहेको सुर्खेतका प्रहरी प्रमुख मोहन आचार्याले जानकारी दिनुभयो।

जाजरकोट रिम्ना देखि नेपालगन्ज काे लागि छुटेको काँक्रेबिहार यातायातकाे मे १ ख ७२२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २० जना भन्दा बढी घार्इते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

हाल सम्म घार्इते सबैको उपचारको लागी नेपालगन्ज पठाउने काम भईरहेकाे आचार्यले जनाकरी दिनुभयो। हाल सम्म ज्यान जानेको संख्या १ भएतापनि मृत्यु हुनेको संख्या बढन सक्ने अनुमान गरिएको छ ।

जाजरकोट रिम्ना देखि शुक्रबार बिहान ७ बजे हिँडेकाे र जाजरकोट काे शिबालय १ छेडाचाैरम ९ जना यात्रु स्थाई ट्राफिक मा ईन्ट्रि गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक भाबिस रिमालले बताए बस बिहान १० बजे सडक देखि १०० मिटर तल खसेको थियोे ।

चालक र सहचालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


ताजा समाचार