Loading... आजः बुधबार, फाल्गुन १९, २०७७
Trending

एमाले र माओवादी केन्द्र सम्मिलित वामगठबन्धन भित्र सिट फाँडफाँट अन्तिम चरणमा


काठमाडौं, २ कार्तिक । नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वामगठबन्धनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट फाँडफाँट अन्तिम चरणमा पुगेको बताएको छ ।

सिट बाँडफाँटको विषय हिजो नै टुङ्ग्याउने लक्ष्य भएपनि राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने निर्वाचन क्षेत्रमा दुवै दलका नेताको दावी भएपछि सहमति जुट्न सकेको थिएन । आज बसेको दुबै दलका नेता सम्मिलित कार्यदल बैठकले निर्वाचन क्षेत्र बाँडफाँट अन्तिम चरणमा पुर्‍याएको एक नेताले जानकारी दिए । टुङ्गो लगाउन नसकेको क्षेत्र कार्यदलले दुबै दलका अध्यक्ष रहेको संयोजन समितिलाई बुझाएको छ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहालले ती निर्वाचन क्षेत्रको बाँडफाँट टुङ्गो लगाउने कार्यदल सदस्य माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । १ सय ६५ निर्वाचन क्षेत्र मध्ये ५६ क्षेत्र माओवादीलाई र बाँकी एक सय ९ क्षेत्र एमालेको भागमा पर्ने गरी बाँडफाँडको काम अन्तिम चरणमा पुर्‍याएको कार्यदलले जनाएको छ ।

कार्यदलको बैठक सकिए लगत्तै अहिले एमाले नेताको ललितपुरस्थित निजी घरमा एकता कार्यदल संयोजन समितिको बैठक बसिरहेको छ । जारी बैठकमा पार्टी एकिकरण गर्ने विषयमा छलफल भइररहेको बैठकमा सहभागी उक सदस्यले जनाकारी दिए ।

यस्तै कार्यदलमा ढिलाई हुँदा आज बिहान बस्ने भनिएको एमाले स्थायी समिति बैठक पनि साँझ सरेको छ । केहीबेर अघि सुरु बैठकले कार्यदलले निर्वाचन क्षेत्र छुट्टयाएका स्थानमा उम्मेदवारको नामावली तय गर्ने एमालेले जनाएको ईकान्तिपुरमा खबर छ ।


ताजा समाचार