Loading... आजः मङ्लबार, कार्तिक ११, २०७७

एकताको सन्देश दिन चौतारी र प्रेस सेन्टर निकट पत्रकारको संयुक्त भैलो

बाँके, १ कार्तिक  । बामपन्थी पत्रकारले देउसी, भैलो खेलेका छन् । तिहारको दोस्रो दिन कुकुर तिहारका दिन एमाले निकट प्रेस चौतारी नेपाल र माओवादी केन्द्र निकट प्रेस सेन्टरमा आवद्ध पत्रकारले संयुक्त रुपमा देउसी, भैलो खेलेका हुन् ।

बामपन्थी पत्रकारले एमाले बाँकेको पार्टी कार्यालयबाट देउसी, भैलोको सुरुवात गरिएको हो । बाम एकताका लागि केन्द्रमा भएको सहमति कार्यान्वयनमा टेवा पुर्याउन संयुक्त रुपमा देउसी, भैलो कार्यक्रम आयोजना गरिएको हो ।

प्रेस सेन्टर बाँकेका निवर्तमान अध्यक्ष प्रदिप वाग्ले, प्रेस चौतारी बाँकेका पुर्व अध्यक्ष तथा प्रेस चौतारिका केन्द्रिय सदस्य भेषराज बस्नेतले संयुक्त रुपमा देउसी, भैलो खेल्दा छुट्टै किसिमको आनन्द आएको बताए । संयुक्त रुपमा आयोजना गरेको देउसी, भैलो कार्यक्रमले बामपन्थी पत्रकार वीचको एकता उजागर गरेको थियो ।

‘हामी एक छौँ भन्ने सन्देश यसले दिएको छ,’ जिल्ला स्तरिय पार्टीका नेताले पनि संयुक्त देउसी, भैलो कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन् । एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले पत्रकारले थालेको अभियानले बामपन्थी एकताका लागि थप दवाव सिर्जना गर्ने बताए । उनले तल्लो तहमा जस्तै माथिल्लो तहका नेताले पनि संयुक्त रुपमा कार्यक्रम गर्दा राम्रो हुने बताए ।

माओवादी केन्द्र बाँकेका संयोजक आइपी खरेलले केन्द्रीय तहमा भइरहेको एकता पहललाई पत्रकारले दह्रो पाठ सिकाएको बताए । उनले पत्रकारले संयुक्त रुपमा देउसी, भैलो खेलेर पार्टी एकताका लागि दवाव सिर्जजना गरेको आफूले बुझेको बताए ।

बामपन्थी पत्रकारको टोलीले बुधवार नै माओवादी केन्द्रको पार्टी कार्यालयमा देउसी भैलो खेलेका छन् । देउसी, भैलोबाट संकलन भएको रकम सामाजिक कार्यमा खर्च गरिने प्रेस चौतारीका अध्यक्ष हेमन्त विकले बताए । उनले दुवै संगठनको निर्णय बमोजिम सामाजिक कार्यमा खर्च गरिने जानकारी दिए । एमाले र माओवादी निकट पत्रकारको टोलीले नेपालगन्ज भैलो खेलेको यो पहिलो पटक हो ।


ताजा समाचार