Loading... आजः शुक्रबार, असार ४, २०७८

रेलो स्पेसालिस्ट बाँके एक्सेस सेन्टरमा

कार्तिक १, बाँके । बाँके को एक्सेस सेन्टरमा रेलो स्पेसालिस्टले अबलोकनका साथै बिद्यार्थीहरु सङ अन्तरकृया कार्यक्रम गरिएको छ।

अमेरिकी राजदुतावास रेलो स्पेसेलिस्ट बिश्व राज गौतमले अबलोकन गरेर विद्यार्थीहरु सङ भएका समस्याका साथै पढाईका बारेमा सोधपुछ गर्नु भएको थियो ।

सो कार्यक्रमको बाँके एक्सेस सेन्टर का फोकल पर्सन होमराज खड्काको सभापतित्वमा भएको थियो कार्यक्रममा विशेष अतिथिको रुपमा एक्सेस प्रोग्राम नेपालका ब्यबस्थापक कुन्जर मनि गौतम र अतिथिको रुपमा नेल्टा बाकेका सचिब तर्क बहादुर खत्री रहनु भएको थियो।

यसरी रेलो स्पेसलिस्टलाई आफ्नो एक्सेस सेन्टरमा देखेर बिद्यार्थीहरु चकित भएका थिए । विद्यार्थीहरुले दर्जनौं प्रश्नहरु सोधेका थिए र सहजै विद्यार्थीहरुलाई हासी हासी रमाईलो पाराले उतर रेलो स्पेसालिस्ट्ले दिनु भएको थियो।

एकदमै उपलब्धि मुलक अन्तर्कृया भएको र विद्यार्थीहरुले निकै उत्साह पुर्बक सहभागी भएको नेल्टा बाँँकेका सदस्य हेमन्त राज काफ्ले ले जानकारी दिनु भयो।


ताजा समाचार