Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

‘वाम गठबन्धन फुटाउन ६ करोडको खैलाबैला’

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनबाट अत्तालिएर नेपाली कांग्रेसले एमालेविरुद्ध दुष्प्रचारमा  लागेको बताउनु भएको छ ।

‘दक्षिणपन्थी तत्व र प्रतिक्रियावादी एमालेको तागतदेखि छट्पटाएको, छ’ अध्यक्ष ओलीले मंगलबार युवा संघ नेपालबाट आयोजित कार्यक्रममा भन्नुभयो, ‘अनेक उपाय गर्दा पनि वामगठन्धन फुटाउन नसकेपछि अहिले प्रोपगाण्डा मच्चाउन थालिएको छ । केही सञ्चारमाध्यम मतियार बन्न थालेका छन् ।’

‘हुँदा हुँदा एमालेमा ६ करोडको खैलाबैला भनेर समाचार नै छापिसकेका छन् । माधव नेपालले बैठकमै खोई २ करोड भनेर माग्नु भयो रे’ अध्यक्ष ओलीले सँगै रहेका नेपाललाई देखाउँदै ठ्ट्यौली शैलीमा भन्नुभयो, ‘अनि त्यही कुराले हामी दुईबीचमा चर्काचर्की पर्यो रे । पीत पत्रकारिताको पनि एउटा हद हुन्छ नि । कतिसम्म गिर्न सकेको ? एमालेको चासो खाली मुलुकको समृद्धि र जनताको अधिकारमा केन्द्रित छ ।’

कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले एमाले वाम गठबन्धनलाई दीगो र बलियो बनाउने प्रयत्नमा रहेको बताउनु भयो । ‘निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने सहमति भएको छ’, नेता नेपालले भन्नभयो, ‘जित सुनिश्चित हुने गरी सिटको बाँडफाँड हुनेछ ।’

जनता समाचार बाट साभार


ताजा समाचार