Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

तोकिएकै समयमा चुनाव हुने निश्चित, सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अलग अलग मतपत्र बनाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चको यो निर्णय सँगै प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि छुट्टाछुट्टै चार वटा मतपत्र बनाउन नपर्ने भएको छ । अन्तरिम आदेश नआएपछि अव मंसिरमा १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नसर्ने निश्चित भएको छ । अब आयोगले अहिले छापिरहेका दुई वटा मतपत्रबाटै चुनाव हुने भएको हो ।

राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायधीशद्वय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको इजलासले अन्तरिम आदेश दिन जरूरी नरहेको ठहर गरेपछि चुनाव सर्ने सम्भावना टरेको हो । नेकपा एमाले र माओबादी केन्द्रको बाम गठबन्धनले सरकार चुनाव सार्ने सड्यन्त्र गरीरहेको भन्ने आरोप बाट सरकार मुक्त भएको छ ।

निर्वाचन आयोगले संघ र प्रदेशसभाका लागि प्रत्यक्षतर्फको एउटा पानामा र समानुपातिकतर्फ अर्को पानामा दुईरदुईवटा मतपत्र छापिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव पहिलो चरणमा मंसिर १० र दोस्रो चरणमा मंसिर २१ गते हुँदैछ ।


ताजा समाचार