Loading... आजः बुधबार, असार ९, २०७८

डण्डिफोरले हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्


अनुहारमा डण्डिफोर आउने आम समस्या हो । यो समस्याबाट छुटकारा पाउन प्रायः मन्छेहरु मञ्जन कागतिको प्रयोग गर्ने गर्छन । यसले हाम्रो छालालाई असर पु¥याउन पनि सक्छ । छाला सम्बन्धि विशेषज्ञहरु भन्छन्, पिम्पल आएको वरीपरि पनि चलाउने गर्नुहुँदैन । द बडी सपकी शिखी अग्रवाल तथा ल्युमियर डर्मेटोलजीका छाला विशेषज्ञ किरण लोहियाले पिम्पल्सबाट छुटकरा पाउने यस्तो उपाय बताएका छन् ।

हाम्रो अनुहारमा केही कारण नभई कहिल्यै पनि डण्डिफोर आउदैन । कहिले काँही हाम्रो शरीरको भित्री समस्याका कारण पनि यो समस्या पर्न थाल्छ । तपाँइले के कारण आफुलाई यो समस्या आएको हो भनि थाहा पाउन हामिले अल्ट्रासाउण्ड वा रगतको जाँच गरेर थाहा पाँउन सक्छौ । हामीले यस्ता समस्या आउन नदिन स्वस्थ खाना तथा फलफुल र पानी प्रशस्त खाने गर्नुपर्छ ।

कतिपय मान्छेहरुले यही सोचिरहेका हुन्छन् कि अनुहारमा डण्डिफोर धेरै चिल्लो तथा सावुनले मुख धुँदा आउँछ । तर अनुहार सुख्खा छ भने झन बढी यो समस्या देखिन सक्छ । स्क्रबले डण्डिफोर तथा अनुहार सुनिने र रातो हुने हुन्छ । साथै अनुहार पोल्ने समस्या पनि आउँछ ।
डण्डिफोरको उपचार गर्दा ३ देखि ६ महिना सम्म लाग्न सक्छ । यो समयमा मान्छेले धैर्य भएर उपचार गराउनु पर्छ । कतिपय यस्ता कुरामा धैर्य गर्दैनन् र आफ्नो मन लागेको गर्छन । जस्तै ः कागतिको प्रयोग, मञ्जनको प्रयोग, तथा विभिन्न थरिका फेसवास । यसले निको होइन झन समस्या निम्त्याउँछ ।

यसो गर्नुहोस

अनुहारलाई दिनमा कम्तिमा तिन देखी चार पटक सम्म धुने गर्नुहोस् । स्वस्थ खाना तथा फलफुल र पानी प्रशस्त खाने गर्नुपर्छ । आफ्नो अनुहारलाई नियमित रुपमा मश्चराइज गर्ने गर्नुहोस् । जस्ले छालालाई नरम बनाई राख्छ । बर्खायाममा पनि वाटरप्रुफ मश्चराइजको प्रयोग गर्न सक्नु हुन्छ ।

हामी कुनै पनि क्रिम लगाउँदा राम्रो सँग बुझेर लगाउँने गर्नुपर्दछ । साथै हातपनि सफा गर्नु पर्छ जसले हाम्रो अनुहारमा ब्याक्टेरियाको सँक्रमण हुनबाट बचाउँछ । तपाँको अनुहारमा डण्डिफोर छ र तपाँइले सरसफाइमा ध्यान दिनु भएन भने झन बढि फैलन सक्छ ।


ताजा समाचार