Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

उम्मेदवार र सिटको टुंगो लगाउन बाम कार्यदलको बैठक बस्दै

कार्तिक १, काठमान्डौँ । नेकपा एमाले र माओवादी केन्द्र गठबन्धनको कार्यदलको बैठक बुधवार बस्दैछ ।

कार्यदलको बैठकले आगामी चुनावका लागि उम्मेदवार छनौट र गठबन्धनमा सिट बाँडफाँटको टुंगो लगाउने तयारी भएको एमाले प्रचार विभागका उपप्रमुख सुर्य थापाले जानकारी दिनु भयो ।

कार्यदलको बैठक समयमै सकिए आजै स्थायी कमिटि बैठक बस्ने उहाँको भनाई छ ।

यसअघि हिजो बसेको स्थायी कमिटि बैठकले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल तथा एकीकृत पार्टी निर्माणको लागि संयुक्त कार्यक्रम गर्ने, तालमेल र एकताको सन्देशलाई आधारभूत तहसम्म विस्तार गर्ने तथा निर्वाचन क्षेत्र बाँडफाँड र घोषणापत्र निर्माणको कामलाई एकदुई दिनभित्रै टुंग्याउने निर्णय गरेको एमालेले जनाएको छ ।


ताजा समाचार