Loading... आजः बुधबार, फाल्गुन १९, २०७७
Trending

देउवा इतिहासकै कलंक प्रधानमन्त्री : मण्डल

कार्तिक १, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिव कुमार मण्डलले प्रधानमन्त्री शेर बहादुर देउवा इतिहासकै कलंक प्रधानमन्त्री भएको बताउनु भएको छ ।
देउवा सरकार प्रमुख भएको कुनै पनि इतिहास राम्रो नरहेको बताउदै त्यस्लाई अहिले पुष्टि गरेको बताउनु भएको छ।

बिगतमा पटक-पटक असफलताको बिल्ला भिरेको, निर्वाचन गर्न नसकेर राजालाई शत्ता सुम्पेको कलंक प्रधानमन्त्री भएको मण्डलको भनाई छ ।

बुधबार बिहान नेपाली बहसमा पत्रकार ऋषि धमला संग कुरागर्दै बिना बिभागिय मन्त्री बनेका मण्डलले यस्तो बताउनु भएको हो ।

अफ्नो पार्टीले समय अनुसार सुध्रिएकी भनेर देउवालाई समर्थन गरेको तर देउवामा सामन्ती सोच ब्याप्त रहेको उहाँको भनाई छ ।

माओवादी केन्द्रका मन्त्रीहरू हटाएर प्रधानमन्त्रीले निर्वाचन भांड्न खोजेको, देस्लाइ अस्तब्यस्त बनाउन खोजेको आरोप समेत लगाउनु भयो । बाम गठबन्धन बाट आत्तियर देउवाले आफ्ना मन्त्रीहरूलाई बिन बिभागिय बनायको बताउनु भयो ।
मण्डलले देउवा को हो ? यो देश देउवाको बृता हो ? उन्ले भन्न बितिक्कै हामिले राजिनामा दिने ? भनी प्रश्न गर्नु भएको छ ।

माओवादी पार्टी तोकिएकै समयमा निर्वाचन गराउन सरकारम गएकोले निर्वाचन नभए सम्म सरकार नछाड्ने उहाँको भनाइ छ ।
यो देशको मुख्य बाधक तत्व कांग्रेस रहेको टिप्पणी गर्दै उहाँले पार्टिले निर्देशन दिए एक मिनेट सरकार मा नबस्ने स्पष्ट पर्नु भएको छ ।


ताजा समाचार