Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

म्यादी प्रहरीका लागि १५ सय ६० को आवेदन

रेशम बहादुर खड्का
जाजरकोट, १ कार्तिक । नेपाल सरकारले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भर्ना आह्वान गरेको म्यादी प्रहरीमा सोमबार अन्तिम दिनसम्म जाजरकोटमा १५ सय ६० जनाले आवेदन दिएका छन् ।

म्यादी प्रहरीमा इच्छुक आवेदकहरुले गत बुधबारबाट जिल्ला प्रहरी कार्यालय जाजरकोटमा दरखास्त दिएका थिए । दरखास्त दिनेमा जिल्लाको भेरी नगरपालिका १ का कुमोद शाह (नाम परिवर्तन) गरेका एक आवेदक प्राविका भुपू शिक्षक समेत रहेको जिल्ला प्रहरी जाजरकोटका प्रहरी नायक उपरिक्षक भाबेश रिमालले जानकारि दिए । त्यस्तै अर्का भेरी नगरपालिका ४ का ५० वर्षीय दिलबहादुर भण्डारी (नाम परिवर्तन) सहित दरखास्त हालेका थिए देशमा ब्यरोजगारि समस्याको कारण छोटो समयमा यति ठुलो परिमाणमा दखास्त परेको प्रहरी नायक रिमालले बताए ।

झण्डैं १५ सय ६० जनाले आवेदन दिएको जाजरकोटमा पुरुष १३ सय २७ र महिला २ सय ३३ जना रहेका छन् । तर, म्यादी प्रहरीका लागि खुल्ला तथा समावेशी संख्या केन्द्रबाट नतोकिएको र भर्ना संख्याका आधारमा उक्त खुल्ला तथा समावेशीका लागि सख्या निर्धारण हुने बताईएको छ ।

म्यादी प्रहरीको छनौट कात्तिक ५ गतेदेखि ८ गतेसम्म गरिसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरह ५५ दिनको पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउने ब्यबसथा नेपाल सरकारले गरेको छ ।


ताजा समाचार