Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

माओवादीले सरकार छाेडेन, प्रधानमन्त्री निर्वाचन सार्ने दाउमा ?

काठमाडाैँ । बिहान सरकार छाेड्ने निर्णय गरेकाे  नेकपा माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने भएको छ । सरकार  निर्वाचन सार्ने षडयन्त्रमा रहेको भन्दै तत्सकाल सरकार नछाड्ने माअाेवादिले जनाएकाे छ ।

सरकार छाड्ने घोषणा गर्न पत्रकार सम्मेलन आयोजना गर्नुपूर्व सरकारले निर्वाचन सार्न लागेको सुचना पाएको भन्दै माओवादी तत्कालका लागी सो निर्णय थाती राखेको जनाएकाे छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार छाड्ने बारेमा जानकारी गराई सकेको माओवादीका तर्फबाट गृहमन्त्री जनार्दन शर्माले मन्त्रालयमै पत्रकार बोलाई घोषणा गर्न लागेका बेला सो सुचना बाहीर चुहिएकाे जनाएको छ । सरकारले निर्वाचन सार्नका लागी ड्राफ्ट तयार पारिएको सुचना हामीले पायौं, त्यसैले सरकारबाट हट्ने निर्णय अन्तिममा स्थगित गर्नुपरेकाे गृहमन्त्री शर्माको भनाई छ ।

निर्वाचन सुनिश्चित गर्नका लागी हामी सरकारमा गएका हौं, त्यसैले निर्वाचनको सुनिश्चितता नभएसम्म सरकार कुनै पनि हालतमा सरकार छाेड्नु हुन्न उहाँले भन्नु भयाे ।

माअाेवादीलाइ प्रधानमन्त्री देउवाले सरकार छाड्न पटक पटक दवाव दिदै अाएका छन् । नछाडे विना विभागिय बनाइ दिने धम्की समेत दिने गरेका छन् ।

यसअघि माओवादी मन्त्रीहरुले सरकार छाड्ने भन्दै मन्त्रालयबाट आफ्ना सबै सामानहरु तयार पारेका थिए । स्रोतका अनुसार माओवादी कार्तीक ५ गतेसम्म सरकार नछाड्ने तयारी गरेका छन् । मंसीर १० गते हुने पहिलो चरणको निर्वाचनको मनोनयन ५ गते तोकिएको छ । यसअघि पनि सरकारले निर्वाचनको मिति सार्न राष्ट्रपति समक्ष समेत प्रस्ताव लगेको समचार बाहिर आएको थियो ।


ताजा समाचार