Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

क्रियाशिल पत्रकार मञ्च जाजरकोटको अध्यक्षमा गिरि

असाेज ३१, जाजरकाेट । क्रियाशिल पत्रकार मञ्च जाजरकोटको अध्यक्षमा सरस्वति गिरि चयन हुनु भएको छ । मंगलवार सम्पन्न मञ्चको पहिलो भेलाले गिरिको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

उपाध्यक्षमा भरत शर्मा, सचिवमा रेशम बहादुर खड्का, सहसचिवमा टिका वि.क र कोषाध्यक्षमा सुरिता बस्नेत सर्वसहमत चयन हुनु भएको छ । त्यस्तै सदस्यमा दिप बहादुर घर्ती र रामचन्द्र घर्ती रहनु भएको छ । समृद्ध प्रदेशको आधारशिला, विकासका लागि सवल पत्रकारिता भन्ने मुल नाराका साथ मञ्चको पहिलो पहिलोे शाखा गठन गरिएको हो ।

कार्यक्रममा मञ्चका केन्द्रिय अध्यक्ष ललित बुढाले मञ्चको देशै भरी शाखा विस्तारको अभियानमा रहेको बताउनु भएको छ । तिहारको लगत्तै दैलेखमा शाखा गठन हुने तयारी भएको उहाँले जानकारी दिनु भयो ।


ताजा समाचार