Loading... आजः शनिबार, कार्तिक ८, २०७७

क्रियाशिल पत्रकार मञ्चको प्रथम भेला शुरु

असोज ३१, जाजरकोट । क्रियाशील पत्रकार मञ्च नेपाल जाजरकोट शाखाको प्रथम भेला खलंगामा सुरु भएको छ । समृद्ध प्रदेशको आधारशिला, विकासका लागि सबल पत्रकारिता भन्ने मुल नाराका साथ प्रथम भेला सुरु भएको हो ।
निबर्तमान संसद रिता रावलको भेलाको उद्घाटन गर्नु भएको छ । कर्याक्रममा क्रियाशिल पत्रकार मञ्चका केन्द्रिय अध्यक्ष ललित बुढा, महासचिव दिपक बुढाको सहभागिता रहेको छ ।

त्यस्तै प्रेस चौतारिका केन्द्रिय उपाध्यक्ष वीर बहादुर गिरि, प्रेस युनियनका केन्द्रिय सदस्य राजेन्द्र कार्कि, महासंघ जाजरकोटका अध्यक्ष भिम बहादुर सिंह लगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको छ । जिल्लामा नयाँ समिती चयन गर्दै भेला आजै सकिने छ ।


ताजा समाचार