Loading... आजः शनिबार, मंसिर ११, २०७८

आर्थिक बर्षको तीन महिनामा ५ सय ३९ सवारी साधन कारबाहिमा, ३ लाख बढी राजस्व संकलन

कल्पना बोहरा
असोज ३० अछाम । अछाममा यो आर्थिक बर्षको पहिलो तीन महिनामा ५ सय ३९ वटा सवारी साधन ट्राफिक कारबाहिमा परेका छन् । कारबाहिमा परेका सवारी साधनहरुकाट तीन लाख बढी राजस्व संकलन गरिएकोे अछामका प्रहरी प्रमुख डिएस्पी दधिराम न्यौपानेले वताउनु भयो ।

कारबाहीमा पर्ने सबै भन्दा बढी जिल्ला भित्रै चल्ने सवारी साधन १८७ वटा जीप रहेका छन् । ट्राफिक प्रहरीको नियम विपरित सवारी साधन चलाइएका १ सय ७२ वटा मोटरसाइकल, ९८ वटा ट्रेक्टर, जिल्ला देखि बाहिर चल्ने ५६ वटा यात्रु वाहक बस र २६ वटा ट्रक रहेका छन् ।

आर्थिक बर्षको पहिलो महिना श्रावणमा विभिन्न कागजात तथा नियम विपरित चलाएको पाईएका ९ वटा बसलाई कारबाहीबाट ४ हजार ५ सय रुपैयाँ, ५ वटा ट्रकलाई कारबाहीबाट ४ हजार रुपैयाँ, ४२ वटा जीपलाई कारबाहीबाट २२ हजार ५ सय रुपैयाँ, २३ वटा मोटरसाइकल कारबाहीबाट १५ हजार ५ सय, २२ वटा टे«क्टर कारबाहीबाट १४ हजार रुपैयाँ गरी सावन महिनामा जम्मा एक सय एक सवारी साधन कारबाहीबाट ६० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको डियस्पी न्यौपानेले वताउनु भयो ।

ट्राफिक प्रहरीले बारम्बार सुझाब सल्लाह दिदा पनि अटेर गरी सवारी साधन सञ्चालन गरेको भन्दै भाद्र महिनामा १४ वटा बसलाई कारबाहीबाट ९ हाजार रुपैयाँ, ७ वटा ट्रकलाई कारबाहीबाट ४ हजार रुपैयाँ, ५४ वटा जीपलाई कारबाहीबाट २९ हजार रुपैयाँ, ६३ वटा मोटरसाइकल कारबाहीबाट ३६ हजार रुपैयाँ, ४० वटा टे«क्टर कारबाहीबाट १४ हजार रुपैयाँ गरी भाद्र महिनामा जम्मा एक सय ७८ सवारी साधन कारबाहीबाट १ लाख १ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै असोज महिनामा पनि २ सय ६० सवारी साधन कारबाहिमा परेका छन् । कारबाहिमा पर्ने सवारी साधनहरुमा ३३ वटा बसलाई कारबाहीबाट १८ हाजार ५ सय रुपैयाँ, १४ वटा ट्रकलाई कारबाहीबाट ८ हजार ५ सय रुपैयाँ, ९१ वटा जीपलाई कारबाहीबाट ४८ हजार ५ रुपैयाँ,८६ वटा मोटरसाइकल कारबाहीबाट ४६ हजार रुपैयाँ, ३६ वटा टेक्टर कारबाहीबाट २३ हजार ५ सय रुपैयाँ गरी भाद्र महिनामा जम्मा दुई सय ६० वटा सवारी साधन कारबाहीबाट १ लाख ४५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरी प्रमुख डिएस्पी न्यौपानेले वताउनु भयो ।


ताजा समाचार