Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

रविन्द्र शाह पत्रकारीता पुरस्कारका लागि सहयोग जुट्दै

फोटो- स्वर्गीय रविन्द्र शाह

जनक केसी
जाजरकोट,असोज ३० । नेपाल प्रेस युनियन जाजरकोटले स्थापना गरेको रविन्द्र शाह स्मृति विकास पत्रकारीता पुरस्कारको अक्षयकोषका लागि विभिन्न व्यक्तिहरुले सहयोग गर्ने क्रम तिव्र वनेको छ ।

गत वर्षको चैत्र १५ गते सदरमुकाम खलंगामा विभत्स ढंगले हत्या गरिएको प्रेस युनियन जाजरकोटका सस्थापक सदस्य समेत रहेका काँग्रेस नेता तथा युवा समाजसेवी शाहको स्मृतिमा युनियनले स्थापना गरेको उक्त पुरस्कारका लागि देश भित्र र देश वाहिर रहेका नेपालीहरुले सहयोग गर्ने क्रम तिव्र वनेको प्रेस युनियन जाजरकोटका अध्यक्ष जनक केसीले वताए ।

पत्रकारीताको माध्यमवाट समाजको परिवर्तन विकास र सुशासनको क्षेत्रमा उत्कृष्ट योगदान दिने एक जना पत्रकारलाइ वार्षिक रुपमा प्रदान गरिने उक्त पुरस्कारका लागि विभिन्न क्षेत्रवाट सहयोग प्राप्त हुने क्रम तिव्र वनेको उनले वताए । युनियन अध्यक्ष केसीका अनुसार पुरस्कारका लागि स्वर्गीय शाहका वुवा योग सम्सेर शाहले एक लाख दिएका छन् भने वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रवहादुर शाहले १५ हजार, अमेरीकामा वस्ने जाजरकोटीहरु शुरेशजंग शाहले १० हजार, युवराज शाहले १० हजार, अरुणा वुढाथोकीले १० हजार, प्रेमवहादुर रोकायले १० हजार, अष्टे«लियामा वस्ने जाजरकोटी रवि शाहले १५ हजार, कला उद्यमी शान्तवहादुर रावतले ५ हजार, र युनियन अध्यक्ष जनक केसीले ५ हजार सहयोग गरेका छन् ।

त्यस्तै अमेरीकामा वस्ने जाजरकोटवासी पत्रकार दिनेशजंग शाहले पनि पुरस्कारका लागि केहि रकम सहयोग गर्ने घोषणा गरिसकेका छन् । पुरस्कारको अक्षयकोष स्थापनाका लागि सवै क्षेत्रवाट प्राप्त सहयोग रकमलाइ वैंकमा राखेर आएको व्याजलाइ नै पुरस्कार रासीको रुपमा वितरण गरिने युनियनले जनाएको छ । सुरुमा वार्षिक ५ हजारको पुरस्कार भनेर घोषणा गरिएपनि सवैवाट सहयोग रकम वढेकोले पुरस्कार रासी १५ हजार भन्दा वढी हुने युनियले जनाएको छ ।

शाहको स्मृतिमा स्थापित पुरस्कारलाइ प्रदेश स्तरीय वनाउने गरि तयारी भइरहेको युनियन अध्यक्ष केसीले वताए । प्रत्यक वर्ष स्वर्गीय रविन्द्र शाहको जन्मदिन वैशाअ १६ गते जिल्ला र प्रदेश राजधानी सुर्खेतमा विशेष कार्यक्रमको आयोजना गरि नगद, ताम्रपत्रमा लेखिएको प्रमाण पत्र र दोसल्ला सहित जिल्लामा क्रियाशील एक पत्रकारलाइ सम्मान गरिने युनियनले जनाएको छ ।


ताजा समाचार