Loading... आजः बुधबार, कार्तिक ५, २०७७

खलंगा-रिम्ना सडक सुचारु

 
रेशम बहादुर खड्का
जाजरकोट, असोज ३०  । जिल्ला सदरमुकाम खलंगामा सोमबारबाट जाजरकोट डोल्पा सडक खण्ड अन्तर्गत ठाँटीवजार न्यूरोडको सडक सुचारु भएको छ ।

अबिरल बर्षाका कारण गत भदौ १० गते शुक्रबार करिव १० बजे तीर गएको पहिरोले ठाँटीबजारको न्युरोड सिटिजन बैक नजिक करिब २०० मिटर लामो सडक भासिएको थियो । सडक भासिदा यहाँका आधा दर्जन घरहरु पनि जोखिममा परेका थिए । सडक सेवा अवरुद्ध हुँदा हालको लागी भेरि नगरपालिका का प्रमुख चन्द्र प्रकाश घर्तिको पहलमा भदौ १० गते बैकल्पिक मार्ग कालेगाउँबाट पासागाड सम्मको सडक सुचारु गरिएको थियो ।

भेरि नगरपालिकाका प्रमुखको पहलमा मर्मत कार्य सम्पन्न भएपछि सोमबार देखि सडक सुचारु भएको भेरी नगरपालिकाका उपमेयर भावना भण्डारीले जानकारी दिइन् । सडक सञ्चालनमा आए संगै खलंगा रिम्ना र खलंगा वाट देशका विभिन्न ठाउँमा जाने र आउने कार्यमा सहजता आएको छ । तिहारको मुखमा खलंगा रिम्ना जोड्ने सडक सुचारु हुँदा स्थानिए ह्रसित भएका छन ।

चाडपर्वलाई लछित गरि अहिले अस्थायी रुपमा एक तर्फी सडक मात्र खोलिएको छ । सडक निर्माणको लागि भेरि नगरपालिका बाट करिब साढे ६ लाख रुपौयाको लागतम मर्मत भएको भेरी नगरपालिकाका लेखापाल डम्मर विष्टले जानकारी दिए ।


ताजा समाचार