Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

जाजरकोट सगैँ ३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जाजरकोट । मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले जाजरकोट जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जनाएको निर्वाचन आयोगले प्रदेश नम्बर ६ मा जाजरकोट सगैँ रुकुम(पश्चिम भाग) , हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा पनि कार्यालय स्थापना गरेको छ ।

त्यसैगरी पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुंगा, भोजपुर, संखुवासभा र सोलुखुम्बु, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखामा कार्यालय स्थापना गरिएको छ भने प्रदेश नम्बर ५ का रुकुम(पूर्वी भाग र रोल्पा, तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र वैतडी मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।


ताजा समाचार