Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

पाँच बर्षसम्म पुल निर्माण भएन, ठेकेदारको चरम लापरबाही

रेशम बहादुर खड्का
जाजरकोट, ३० असोज । जाजरकोटको शिवालय गाउँपालिका वडा नं १ छेडा चौर देखि चाँदे जुम्ला सडक खण्डको निर्माणाधिन पक्की पुल पाँच वर्ष वित्दा पनि अझै बन्न सकेको छैन् ।

शिवालय गाउँपालिका वडा नं १ मोर्क खोलामा निर्माणाधिन पक्की पुल ठेकेदारको लापरवाहीका कारण निर्माण हुन नसकेको हो । आर्थिक वर्ष २०६९ असार २५ मा मोर्क खोलामा पक्की पुल निर्माणका लागि सर्व उद्यार प्राइभेट कम्पनी कोटेसोर ३१ काठमाडौ ले तत्कालीन जिल्ला विकास समिति जाजरकोटसंग कुल बजेट १ करोड ९६ लाख २६ हजार ८ सय ८१ रुपौयाको प्रस्ताब आवान मा सस्तोदर जम्मा कुल रकम १ करोड ४६ लाख ८० हजार ९ सय ४५ रुपौयामा सम्झौता भएको हो ।

हालसम्म पुलको वारीपारी सर्पोट र दुई वटा पिल्लर उठाइए पनि त्यो भन्दा अन्य काम केही भएको छैन् । २०७० पुस २४ गते निर्माण सम्पन्न गरेर पुल हस्तान्तरण गर्ने बताएको कम्पनीले आधा काम नगरेको जिल्ला समन्वय समिति, जाजरकोटले जनायको छ । पाँच वर्षसम्म पनि पुलको काम अपूरैनहुनु दुखद् पक्ष भएको बताएका स्थानीयले पुल निर्माण समयमै सम्पन्न भएको भए जाजरकोटका पश्चिमि क्षेत्रका नागरिकलाई आवतजावतमा समस्या नहुने जुनिचाँदे गाउँपालिकाका–४ का प्रेमबहादुर खडका बताए । उनले छेडाचौर हुँदै चाँदे सडक खण्डको मोर्क खोला पुल बने बर्षायाममा स्थानियहरुलाई आवत जावतमा सहज हुने बताए । तत्कालीन जिल्ला विकास समिति जाजरकोटबाट ठेकेदार ले बि स २०७० जेठ १० गते पहिलो किस्ता बापत पेस्की रु २५ लाख ४० हजार रुपैँया प्रतिनिधि कर्ण बहादुर थापाले लिइ कामको सुरुगरिएको थियो । साथै समयम काम सम्पन्न गर्न नसकेपछि उनलाइ काम पुरा गर्नको लागि पहिलोपटक २०७१ असार २४ पुलको निर्माण गर्नको लागि निर्माण कम्पनीको म्याद थप गरिएको थियो सो अबधिमा काम सम्पन्न हुन नसके पछि पुन दोस्रोपटक २०७१ पुस २३ गते काम नगरेपछि पुन तेस्रोपटक २०७३ माघ ३० गते समय थप्दा पनि काम नगर्दा उक्त कम्पनिलाइ कालो सुचिमा हाल्न लागेको स्थानिय बिकास अधिकारि सुर्य बहादुर शाहिले बताए ।

सञ्चालक कम्पनिले काम गर्नको लागि यस अघि ९१ लाख ८४ हजार ४ सय २७ रुपौया २८ पैँसा रकम लगिसेकेका कार्यालयको भनाई छ । अधिकारी शाहका अनुसार अहिले सर्बोच अदालतम काम नगरेको भनि कालो सुचिमा राख्न लागेको भन्दै कम्पनि ले मुद्धा दायर गरेकोले अदालतको निर्णय अनुसार पुल निर्माणको काम सम्पन्न हुनेछ । जाजरकोट छेडा चौर देखि चाँदे जोड्ने सडक करिव १५० किलोमिटर दुरीमा रहेको यो सडक छेडाचौर देखि २५ किलोमिटर दुरीमा सुवानाउली सम्म विस्तार गरिएको छ । चाँदे जोड्न झण्डै १२५ किलोमिटर बाँकी रहेको छ हालसम्म ५ किलोमीटर मात्र कालो पत्रे कार्य सम्पन्न गरिएको छ ।


ताजा समाचार