Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

भाइटिकाको साइत कात्तिक ४ गते ११:५१ मा

 
काठमाडौं  ।  यस वर्षको भाइटीकाको साइत शनिबार ११ बजि ५१ मिनेटमा उत्तम रहेको छ । कात्तिक ४ गते मध्याह्न ११ बजि ५१ मिनेटमा टिका लगाउदा उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सो समय अभिजित् मुहूर्तको साइत दिएको जानकारी दिए । भाइटीका लगाउदा दाजुभाइले पश्चिम फर्केर बस्ने र दीदिबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुुुुने उनले बताए ।

यस वर्षको तिहार पर्व असोज ३१ गतेदेखि शुरु हुँदैछ । ३१ गते काग तिहार , कात्तिक १ गते कुकुर तिहार, २ गते लक्ष्मी पूजा, कात्तिक ३ गते गोरु तिहार र गोवर्द्धन पूजा र कात्तिक ४ गते भाइटीका परेको छ ।


ताजा समाचार